सैनिक अस्पतालमा आक्रमण, ३ जनाको मृत्यु ६६ घाइते

काबुल, २५ फागुन । अफगानिस्तानको सबैभन्दा ठुलो सैनिक अस्पतालमा बम आक्रमण भएको छ । आक्रमणमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अन्य ६६ जना घाइते भएका छन् ।

काबुल मै रहेको अस्पतालमा बुधबार भएको घटनामा परी आक्रमणकारीतर्फका पनि दुई जना मारिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । घटना बारे थप विबरण आउन बाँकी नै रहेको सिन्ह्वाले जनाएको छ ।

यसैबीच, अफगानिस्तानको कुन्दुज प्रान्तमा भएको अमेरिकी ड्रोन आक्रमणमा परी कम्तीमा पाँच जना तालिवानी लडाकुहरुको मृत्यु भएको छ ।

“डफटनीमा रहेका लडाकुहरुलाई लक्षित गरी मध्यरातमा ड्रोन आक्रमण गरिएको थियो, आक्रमणमा परी पाँच जना तालिवानी लडाकुको मृत्यु भएको छ । उनीहरुसँगै रहेको दुई ओटा सवारी साधन, इन्धन भण्डारण गर्ने भाडोलगायतमा क्षति पुगेको छ,” जिल्ला सरकारका गभर्नर नास्रुद्धिन नजारीले बुधबार भने ।

ताजकिस्तानको सिमानामा गर्ने ठाउँमा भएको सो आक्रमणमा परी कुनै आम नागरिकको भने मृत्यु नभएको उनले बताए ।

मध्य एसियाको हिमाली देशका दुर्गम ठाउहरुमा नेटोको नेतृत्व र आरएसको सहयोगमा लडाकुमाथि आक्रमण भइरहेको छ ।

गत शनिबार राति पनि अफगानिस्तानी सेनाको हवाई आक्रमणमा परी १८ जनाको मृत्यु भएको छ । रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *