‘प्रत्यारोपणका पिता’ डा. थोमस स्टार्जलको ९० बर्षको उमेरमा निधन

बीबीसी । संसारमै पहिलो पटक कलेजो प्रत्यारोपण गरेका चिकित्सक डा. थोमस स्टार्जलको निधन भएको छ । ९० बर्षको उमेरमा सोमबार उनको निधन भएको हो ।

अमेरिकन सर्जन थोमसले सन् १९६३ मा पहिलो पटक कलेजो प्रत्यारोपण गरेका थिए । तर सो प्रत्यारोपण सफल हुन सकेन । त्यसको चार बर्षपछि अर्थात सन् १९६७ मा उनले दोस्रो प्रयासमा कलेजो सफल प्रत्यारोपण गरेका थिए ।

त्यतिवेलासम्म एन्टी रिजेक्सन ड्रक्सको आविस्कार भइसकेको थियो । त्यसैको सहयोगमा अहिलेसम्म हजारौँको कलेजो प्रत्यारोपण भईरहेको छ । हजारौँ विरामी बच्न सफल भएका छन् ।

डा थोमसका प्रवक्ताले केहीबेर अघि जारी विज्ञप्तीमा प्रवक्ताका अनुसार उनको मृत्यु घरमै भएको थियो । विज्ञप्तीमा प्रवक्ताले भनेका छन्, ‘उहाँ आफ्नो जीवनको अन्तिम सास परिवारसंग आफ्नै घरमा रहेर फेरे ।’

सन् १९८० मा युनिभर्सिटी अफ पिटसवर्गमा भएको सम्मेलनमा डा थोमसलाई प्रत्यारोपणका पिता को उपाधी दिइएको थियो । कलेजो प्रत्यारोपण बाहेक डा थोमस एन्टी रिजेक्सन ड्रग विकसित गर्ने अगुवाका रुपमा पनि परिचित छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *