अष्ट्रियाका स्वास्थ्य मन्त्रीको निधन

भियना (अष्ट्रिया), १३ फागुन । अष्ट्रियाका स्वास्थ्य र महिला मामिला मन्त्री साबिने ओबेर्हाउसेरको बिहीबार निधन भएको छ ।

क्यान्सरका कारण उनको ५३ बर्षकै उमेरमा निधन भएको चिकित्सकहरुलाई उद्धृग गर्दै स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उनको क्यान्सर सन् २०१५ को सुरुमै पत्ता लागेर उपचार गराईरहेको भएपनि उपचार सफल हुन नसकेपछि उनको निधन भएको हो ।
सिकिस्त बिरामी भएपछि उनले केही समयदेखि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी निर्वाह गर्न सकेका थिएनन् ।

केही समय उनको स्वास्थ्य अवस्थामा सुधार भएको बताइएको थियो । यही फेबु्रअरीको सुरुमा उनलाई फेरी अस्पतालमा भर्ना गरिएको थियो । रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *