विश्वकै सबैभन्दा बढी तौल भएकी महिलाको भारतमा शल्यक्रिया हुने

मुम्बई (भारत), २९ माघ ।‘विश्वकै सबैभन्दा मोटी मानिएकी इजिप्टकी महिला इमान अहमद अब्देल अती ब्रेरिएट्रिक सर्जरी ( तौल घटाउने सर्जरी)का लागि भारतीय शहर मुम्बई आउने भएकी छन् । ३६ बर्षीया इमानको तौल हाल ५ सय किलोग्राम रहेको छ ।

इजिप्टको विदेशमन्त्रीको पहलमा भिषा प्रदान गरिएपछि इमान आजै (शनिबार) मुम्बई आइपुग्ने बताइएको छ । इजिप्ट सरकारले उनलाई ल्याउनु एक विमानलाई विशेष सुधारगरी शनिबार इजिप्टबाट मुम्बईका लागि पठाउदै छ ।

उनको उपचार मुम्वईस्थित सेफी अस्पतालमा निशुल्क रुपमा हुनेछ । उनलाई भारत ल्याउने प्रबन्ध मिलाउन इजिप्टका चिकित्सकहरूको टोलीे विगत १० दिनदेखि कार्यरत थिए ।

विश्वकै सबैभन्दा बढी तौल भएकी आफ्नी दिदीको उपचार गर्नु पर्ने भएको र उपचारका लागि सहयोग गरिदिन भन्दै इमानकी बहिनीले सन् २०१६ को अक्टोबरमा सार्वजनिक अपिल गरेकी थिइन । त्यसलगत्तै मुम्बईको सो अस्पतालले उनको उपचार गर्ने इच्छा जाहेर गरेको हो ।

तर उनलाई इजिप्टदेखि भारतसम्म विमानमा ल्याउन स्वास्थ्यका दृष्टिकोणले सम्भव नभएको भन्दै विमान कम्पनीले अस्वीकार गर्दै आएका थिए । यस बाहेक इजिप्टबाट भारत उपचारका लागि ल्याउने विषयमा उनलाई भिषा पनि समेत समस्या थियो ।

अब्देल अति सानो छँदा भएको स्वास्थ्य परीक्षणमा हात्तीपाइले रोगको सङ्क्रमण पाइएको थियो । यसबारे भारतीय चिकित्सक मफी लाकडावालाले समाचार पढेपछि आफूले अब्देल अतिको निशुल्क उपचार गर्ने बताएका थिए ।

सुरुमा खुट्टाको आकार असाधारण रूपमा ठूलो देखिएको तर समयसँगै शरीरका अन्य भाग पनि सुनिएर ठूलो भएको उहाँकी बहिनीले बताइन ।

बिरामी भएको केही वर्षपछि उनलाई मस्तिष्कघातसमेत भएको बताइन्छ । यसपछि उनी ओछ्यानमा परेकी र पछि मधुमेह, उच्च रक्तचापलगायतका समस्याबाट ग्रसित थिइन । उनी विगत २५ वर्षयता घरबाट बाहिर निस्कन सकेकी छैनन् ।

ट्रकमा राखेर अस्पताल लैजाने ?
डाक्टर लकडावालाका अनुसार इमानलाई विमानस्थलबाट अस्पतालसम्म ट्रकमा हालेर लैजाने व्यवस्था मिलाइएको छ । आवश्यक मेडिकल उपकरण सहित व्यवस्थित गरिएको ट्रकमा राखेर उनलाई अस्पताल लगिनेछ । ट्रकको पछाडी एम्वुलेन्स र अगाडी पुलिसको गाडीले स्कर्टिङ गरिनेछ ।

सेफी अस्पतालमा इमानको लागि विशेष कोठा तयार गरिएको छ । यस्तो खालको विरामीको लागि एक ठाँउ देखि अर्को ठाँउमा सार्न खतरा हुने भएकोले विशेष व्यवस्था गरिएको डा लकडवालाले बताए ।

भारतीय विदेशमन्त्री सुष्मासंग सहयोग मागियो
इमानलाई भारतमा ल्याउनका लागि पहिला कुनै पनि एयरलाईन्स तयार थिएन । पछि भिषा पाउन पनि गाह्रो भयो । डा लकडावालाले विदेशमन्त्री स्वराजलाई ट्वीट गदै भारत ल्याउन सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा मन्त्री स्वराजले सहयोग गर्ने प्रतिवद्धता जनाएकी थिइन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *