सल्यक्रियामा लापरबाही : बिरामीको पेटमै छाडियो फलामे औजार

12
Shares

काठमाडौँ, २ माघ । सिरहा लहानकी शान्ति यादव पुस २६ गते स्थयी बन्ध्याकरण गराउन मेरी स्टोप सेन्टर लहान गइन् । त्यहाँ उनको शल्यक्रिया सम्पन्न भयो । तर घरमा पुगेपछि पेटको दुखाइ झन् बढ्यो ।
‘तीन दिनपछि पिसाब फेर्न जाँदा योनीबाट फलामको चोसो निस्कियो’ यादवले भनिन्, ‘मरे मरियोस् भनेर जोडले तान्दा फलाम निस्कियो ।

उनले घरका अन्य सदस्यलाई जानकारी गराएपछि उनीलगायत परिवारका सबै सदस्य शल्यक्रिया गर्दा फलामको टुक्रा पेटमै अड्किएको निष्कर्षमा पुगे ।

घटनाबारे सुनेपछि शल्यक्रिया गरेका मेरी स्टोप्स सेन्टरका इन्चार्ज सुदीप श्रेष्ठ यादवको घरमा पुगे । श्रेष्ठले सुरुमा घटनाबारे केही बोल्न नमाने पनि अन्ततः शल्यक्रियाको क्रममा यादवको पेटमा औजार छुटेको स्वीकारेका छन् ।

यादव परिवारले भने लापरबाही गर्ने श्रेष्ठमाथि कारबाही हुनु पर्ने माग राखेको छ ।आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *