त्रिविको एमबीबीएस र बीडीएसमा भर्ना हुने म्याद पुस मसान्तसम्म

0
Shares

काठमाडौँ, १९ पुस । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमले शैक्षिक सत्र २०७३ ०७४ का लागि एमबीबीएस र बीडीएसमा अध्ययन गर्न चाहनेले पुस मसान्तभित्र भर्ना हुनसक्ने म्याद तोकेको छ ।

आइओएमले प्रवेश परीक्षामा अधिकतम अंक ल्याउने विद्यार्थीहरुलाई मेरिटको आधारमा तयार भएको लिष्ट सबै क्याम्पसमा पठाएको भन्दै सोही अनुसार भर्ना हुन सक्ने समेत जनाएको छ ।

आइओएममा डीन नियुक्तिको विवादका कारण एमबीबीएस र बीडीएसको भर्ना प्रक्रियामा समेत असर परेको थियो । नयाँ नियुक्त भएका डीन प्राडा जगदीश अग्रवालले तीन साता पछि कार्यकक्षमा प्रवेश पाएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *