क्यान्सरको शंकामा १० बर्ष देखि गोठमा बास
काठमाडौँ, ८ पुस – हाँडीखोला ४ झुल्याङ मकवानपुरकी माइलीमाया स्याङतान १० वर्षदेखि परिवारसँग छुट्टिएर गोठमा वसिरहेकी छन् । उनको गालामा आएको घाउ फैलिँदै गएपछि क्यानसरको शंकामा गोठमा बस्न थालेकी हुन् ।
उनलाई कसैले जबरजस्त गोठमा राखेको होइन, उनी आफ्नै खुसीले बसेकी हुन् । ‘मेरो रोगले घर नै दुर्गन्धित भयो, रातको समयमा मेरो अनुहार देखेपछि घरको मन्छे नै तर्सन थाले’ उनले भनिन्, ‘विरक्त लागेर गोठमा वस्न थालेकी हूँ ।’ उनलाई गोठमा वस्दा खाना खान, सुत्न, दिसापिसाब गर्न, समेत समस्या हुँदै आएको छ ।
उनको गालामा १५बर्ष अघि सानो डल्लो आकारमा घाउ देखा परेको थियो । घाउ फैलदै गएपछि २०६१ मा काठमाडौँ लगेर अप्रेसन गराएको श्रीमान गुमानसिंह हिम्डुले बताए । ‘अप्रेसन गर्न डेढ लाख खर्च भयो,’ गुमानसिंहले भने, ‘तर घाउ फैलदै गयो ।’
अहिले उनको घाउ फैलिएर उनको अनुहार नै बिग्रिएको छ । घाउ आँखासम्मै पुगिसकेको छ । नाक डल्लो भएको छ भने मुख बिग्रिृको छ । उचीत उपचार भएको खण्डमा अझै पनि घाउ निको हुन्छ भन्ने आशामा रहेको बताइन् ।
- आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com



नेपाली हेल्थ 
