अप्रेशन गर्ने डाक्टरले चस्मामा फिट गरेको क्यामेराले खिचेको भिडियो भाईरल( भिडियो सहित)

4.1k
Shares

एजेन्सी – हर्नियाको अप्रेशन गर्दै गरेका डाक्टरले आफ्नो चस्मामा फिट गरेको क्यामेराले खिचेको भिडियो यतिवेला युट्युवमा भाईरल भएको छ । अहिलेसम्म सो भिडियो ४२ हजार बढीले हेरिसकेका छन् ।

गत बुधबार लण्डनस्थित एक अस्पतालका सर्जन प्राडा शफी अहमदले एक बिरामीको हर्नियाको अप्रेशन गर्दै थिए । सो क्रममा उनले लगएको चस्मामा क्यामेर फिट गरे र अप्रेशन गर्दाको क्षण सबै कैद गरे । त्यसपछि उनले सो भिडियो स्न्याप च्याट र फेसबुकमा अपलोड गरिदिए । अहिले उनले अपलोड गरेको भिडियो ४२ हजार बढीले हेरिसकेका छन् ।

सर्जरी केशका अन्तराष्ट्रियस्तरका प्रशिक्षक समेत रहेका प्रोफेसर शफीले मेडिकल स्टुडेन्टलाई सर्जरीमा ज्ञान बढोस भन्नका लागि आफूले भिडियो खिचेको बताएका छन् । उनले आफ्ना विद्यार्थी संसारभर रहेको भन्दै स्न्यापच्याट र युट्युवमा भिडियो अपलोड गरेको स्पष्ट पारेका छन् ।

उनले भनेका छन्, ‘बिरामीले भिडियोमा आफ्नो गोप्यता कायम गर्न भनेका थिए । हामीले त्यसलाई पूर्णरुपमा ख्याल गरेका छौँ र भिडियो विशेषगरी मेरा विद्यार्थीलाई सर्जरीमा केही सिकुन भन्नका लागि अपलोड गरेको हुँ ।’  उनले अप्रेसन सफल भएको समेत जानकारी दिएका छन् ।

यसअघि डा शफीले गत अप्रिलमा पनि अप्रेशन थियटरको ३६० डिग्री भिडियो अपलोड गरेका थिए । त्यो भिडियो करीब १८० देशमा हेरिएको बताइएको छ ।

हेर्नुहोस् भिडियो 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *