तामिलनाडूका मुख्यमन्त्री जयाललिता हृदयघातबाट पीडित

jaya
नयाँदिल्ली, २० मंसिर –  भारतको दक्षिणी भागमापर्ने तामिलनाडू राज्यका नेता तथा मुख्यमन्त्री जयाललितलाई आइतबार राति हृदयघात भएको छ । हृदयघातपछि गरिएको शल्यक्रिया पश्चात पनि उनी अवस्था र गम्भीर नै रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

तामिलनाडू प्रान्तका मुख्यमन्त्री जयाललिताको वरिष्ठ चिकित्सकको टोली लागेर उपचार भइरहेको बताइएको छ । उनको चेन्नाइको प्रान्तीय राजधानीमा रहेको अपोलो अस्पतालमा उपचार भइरहेको छ ।

चलचित्रका पूर्व नायिकापछि राजनीतिमा प्रवेश गरेकी जयाललिता आइतबार राति हृदयघातबाट पीडित भएपछि अस्पताल भर्ना गरिएको हो ।

उनी दुई महिना अगाडि पनि ज्वरो, शरीरमा पानीको कमी र श्वासप्रश्वासमा समस्याको कारण अस्पताल भर्ना भएकी थिइन् । आफ्ना समर्थकबीच ‘अम्मा’को नामबाट परिचित उनले सन् १९८० को सुरुबाट नै राजनीतिमा जीवन सुरु गरेकी थिइन् ।

उनी आफ्नो सफल चलिचित्र नायिका भूमिका हुदाँहुदै पनि राजनीतिमा प्रवेश गरेकी थिइन् । उनले करिब १५० वटा चलचित्रमा अभिनय गरेकी थिइन् । उनले तामिलनाडूको मुख्य मन्त्रीको पद तीन पटकसम्म सम्हाली सकेकी छन्।

पछिल्लो पटक सन् २०११ को मे महिनाबाट उनी तामिलनाडूको मुख्य मन्त्रीको पदमा छन् । जयाललिताको सोमबार बिहान सबेरै मुटुको शल्यक्रिया भएको उनका पार्टी एआइएडिएमकेका प्रवक्तले जानकारी दिए ।

‘चिकित्सकका अनुसार अम्मा राम्रो हुने छिन्’पार्टीका प्रवक्ताले बताएका छन्। रासस /एपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *