मागको सुनुवाइ र जीवन रक्षाको माग

0
Shares

gobindaपोखरा, १६ मंसिर –  प्राध्यापक डा. गोविन्द केसीको मागबारे सरकार उदासीन रहेको भन्दै त्यसको नेपाल स्वास्थ्यकर्मी सङ्घ पश्चिमाञ्चल क्षेत्रीय कार्यसमिति, पोखराले आज विरोध गरेको छ ।

दशौँ पटकको अनशनमा लामो समय बितिसक्दा पनि सरकारको यसतर्फ ध्यानाकर्षण नभएको भन्दै सङ्घको अगुवाइमा चिकित्सकहरूले आज पश्चिमाञ्चल क्षेत्रीय अस्पतालस्थित लायन्स पार्कमा जम्मा भई विरोध गरेका हुन् ।

समितिका अध्यक्ष नारायण बरालका अनुसार मागको सुनुवाइ र जीवन रक्षाको मागसहित आजै स्वास्थ्यकर्मीको एक समूहले पोखरामा टेलिकम कार्यालयबाट मानवअधिकार चोकसम्म विरोध ¥यालीसमेत गरेका छन् ।

मागको बेवास्ता गरी त्यसतर्फ तत्काल चासो नदिए अन्य सङ्घर्षका कार्यक्रम आयोजना गरिने उनले बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *