मागको सुनुवाइ र जीवन रक्षाको माग

gobindaपोखरा, १६ मंसिर –  प्राध्यापक डा. गोविन्द केसीको मागबारे सरकार उदासीन रहेको भन्दै त्यसको नेपाल स्वास्थ्यकर्मी सङ्घ पश्चिमाञ्चल क्षेत्रीय कार्यसमिति, पोखराले आज विरोध गरेको छ ।

दशौँ पटकको अनशनमा लामो समय बितिसक्दा पनि सरकारको यसतर्फ ध्यानाकर्षण नभएको भन्दै सङ्घको अगुवाइमा चिकित्सकहरूले आज पश्चिमाञ्चल क्षेत्रीय अस्पतालस्थित लायन्स पार्कमा जम्मा भई विरोध गरेका हुन् ।

समितिका अध्यक्ष नारायण बरालका अनुसार मागको सुनुवाइ र जीवन रक्षाको मागसहित आजै स्वास्थ्यकर्मीको एक समूहले पोखरामा टेलिकम कार्यालयबाट मानवअधिकार चोकसम्म विरोध ¥यालीसमेत गरेका छन् ।

मागको बेवास्ता गरी त्यसतर्फ तत्काल चासो नदिए अन्य सङ्घर्षका कार्यक्रम आयोजना गरिने उनले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *