कोसी अञ्चल अस्पताल क्षेत्र तनावग्रस्त

0
Shares

koshi_anchal

विराटनगर, १५ मंसिर – चिकित्सकको लापरबाहीका कारण एक सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले प्रदर्शन गरेपछि
विराटनगरस्थित कोसी अञ्चल अस्पताल क्षेत्र तनावग्रस्त बनेको छ ।

यही मंसिर १२ गते भर्ना भएकी विराटनगर–११ स्थित हाटखोला बस्ने २२ वर्षीया कमला लुइँटेल, अधिकारीकोे १३ गते शल्यक्रिया गरिएको थियो ।

शल्यक्रियाको क्रममा नशा काटिएकाले अत्यधिक रक्तस्राव र दुखाइको कारण उनको मृत्यु भएको पीडित परिवारको आरोप छ ।
हिजो मङ्गलबार सुत्केरीको अवस्था जटिल भएपछि अस्पतालले थप धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाएकामा हिजो साँझ उपचार गर्दै गर्दा उनको मृत्यु भएको मृतकका बाबु नवराज लुइँटेलले जानकारी दिए ।

कोसी अञ्चल अस्पतालका शल्यक्रियामा संलग्न चिकित्सकको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएकाले आवश्यक कारबाही र क्षतिपूर्तिको माग राखी पीडित परिवारले आज बिहानदेखि अस्पतालको परिसरमा शव राखेर कारबाहीको माग गरिरहेका छन् ।
दुवै मृगौंला खराब भएकाले बिरामीको मृत्यु भएको धरानका चिकित्सकले बताए पनि यसअघि कुनै पनि समस्या नभएको बिरामीको मिर्गौला खराब हुनुमा चिकित्सक र स्वास्थ्यकर्मीको लापरबाही रहेको मृतकका आफ्न्तको भनाइ छ ।

सो घटनाको सम्बन्धमा स्थानीय प्रशासनको उपस्थितिमा अस्पताल र पीडित पक्षबीच छलफल भइरहेको र नवजात शिशुको अवस्था पनि सामान्य रहेको बताइएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *