क्षयरोगका बिरामीलाई पोषण वितरण

168
Shares

भक्तपुर, १४ मंसिर । नेपाल क्षयरोग निवारण संस्था, जिल्ला शाखा भक्तपुरले यस वर्षको ६३ औँ राष्ट्रिय क्षयरोग नियन्त्रण दिवसको अवसरमा क्षयरोगका बिरामीलाई पोषण वितरण गरेको छ ।

सोमबार संस्थाले यहाँ आयोजना गरेको दिवस कार्यक्रममा क्षयरोगको औषधि सेवन गरिरहेका जिल्लाका आर्थिक अवस्था कमजोर भएका क्षयरोगका बिरामीलाई संस्थाका सभापति राम सिख्वः र निवर्तमान सभापति बाबुकाजी श्रेष्ठले पोषण वितरण गरेका हुन् ।

कार्यक्रममा संस्थाका सदस्य बालकृष्ण श्रेष्ठ, पूर्व सभापति महेन्द्रलाल कायस्थ, जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था (जन्त्र)का फिल्ड कोअर्डिनेटर पार्वती थापाले क्षयरोग अन्त्यका लागि क्षयरोगी बिरामीलाई मनोपरामर्श दिनु आवश्यक रहेको बताइन् ।

त्यसैगरी, सोमबारै नेपाल क्षयरोग निवारण संस्था केन्द्रले आयोजना गरेको दिवस कार्यक्रममा काठमाडौँ इन्जिनियरिङ क्याम्पसका अध्यक्ष एवम् राष्ट्रिय योजना आयोगका सदस्य हीरेनमान प्रधानलाई केन्द्रका अध्यक्ष देवेन्द्रबहादुर प्रधानले दोसल्ला ओढाएर ताम्रपत्रसहित सम्मान गरेको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *