आयुर्वेदऔषधिको प्रयोग गर्ने बढे

0
Shares

aurbed

लमजुङ, १३ कात्तिक –  पछिल्लो समय जिल्लामा आयुर्वेद औषधि प्रयोगकर्ता बढेका छन् ।

प्रयोगकर्ता बढेसँगै उपचारका लागि दैनिक ३० भन्दा बढी सेवाग्राही अस्पताल आउन थालेको जिल्ला आयुर्वेदअस्पतालले जनाएको छ ।
जिल्ला आयुर्वेद अस्पताल बाँझाखेतका प्रमुख शम्भुप्रसाद चापागाईँले पहिलेको तुलनामाआयुर्वेदऔषधि प्रयोगकर्ता बढेको बताउँदै विशेषगरी ग्याष्ट्रिक, कमलपित्त, गानोगोला, बाथ, महिनावारी र सेतो पानी बग्ने समस्या भएका बिरामी अस्पतालमा औषधि लिन आउने गरेको भने ।

यसअघि औषधि अभावको समस्या झेल्दै आएका आयुर्वेदअस्पतालमा अहिले पर्याप्त औषधि उपलब्ध छन् । विगतमा जिल्ला आर्युवेद अस्पताल र सातवटा अन्य औषधालयमा पर्याप्त औषधि नहुँदा सेवाग्राही समस्यामा परेका थिए ।

“पछिल्लो समय आयुर्वेद औषधि प्रयोगकर्ता बढ्न थाले, सेवाग्राहीको समस्यालाई मध्यनजर राख्दै अहिले पर्याप्त औषधि उपलब्ध गराएका छौँ” अस्पताल प्रमुख चापागाईँले भने।” रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *