साबधान ! पटका पड्काउँदा पनि हुनसक्छ क्यान्सर

136
Shares

pataka1

काठमाडौँ, ११ कात्तिक – नेपालीहरुको महान चाड तिहार नजिकिदै छ । त्यसपछि लगत्तै छठ पर्व मनाउदैछौँ । यी चाडको आफ्नै मौलिकता छ अनि आफ्नै विशेषता पनि ।

तर यसमा जोडिएर आएको अर्को पक्ष यी चाड पर्वलाई हामी उल्लासमय बनाउने निहुँमा हामी भुईचम्पा तथा पटकाहरु पडकाउने गर्दछौँ । चाडपर्वलाई उल्लासमय बनाउने नाममा पड्काउने यस्ता पटकाले आगलागि हुनेगरेका, पडकाउने व्यक्तिकै शरीरलाई क्षति पुरयाएको जस्ता घटना सुन्दै आएका छौँ । त्यति मात्रै होइन हामीले पड्काउने पटकाले हाम्रो स्वास्थ्यमा त्यो भन्दा गम्भीर हानी पुरयाउँछ ।

यसै सन्दर्भमा प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) नामक संस्थाले तिहारमा पटका तथा भुइचम्पा जस्ता विस्फोटक पदार्थको प्रयोग नर्गन बुधबार अपिल जारी गर्दै यसले स्वास्थ्यमा पार्ने असरको बारेमा समेत सचेत गराएको छ ।

संस्थाका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले जारी गरेको अपिलमा पटका पड्काउँदा निस्कने धुँवाले वातावरणलाई प्रदुशित गरी यसबाट फोक्सोमा संक्रमण, हृदयघात र क्यान्सर (अर्वुद रोग) हुनसक्ने वैज्ञानिक आधारहरु रहेको उल्लेख छ ।

अपिलमा भनिएको छ, ‘पटाका पडकाउदा निस्कने सेतो ज्वालामा अलिमुनियम हुने र यसले दिमाग र फोक्सोमा हानी गर्ने गरेको पुष्टी भएको छ । त्यस्तै पटाकाबाट निस्कने रातो ज्वालामा लिथियम र स्ट्रोनटियम हुने गर्दछ । जसबाट बच्चाको हड्डिको विकासमा असर पार्ने गर्दछ ।’

अपिलमा अगाडी भनिएको छ, भन्दा अझ चिन्ताको विषय यो छ कि पटकाको बारुदमा अर्वुद रोगको कारक तत्व कार्सिनोजेनिक र हर्मोनलाई असन्तुलित पार्ने तत्व समेत हुने गर्दछ ।

पटाका बनाउन प्रयोग गरिने विभिन्न रासायनिक पदार्थबाट हावामा सल्फर डाइअक्साइड, कार्वोन डाइअक्साइड र कार्वोन मनोअक्साइड जस्ता विषालु ग्यासबाट फोक्सोको क्यान्सर र क्रोनिक व्रोङकाइटिस  जस्ता रोग लागी अकाल मै मृत्यु हुने सम्भावना अधिक छ । त्यसकारण यसको प्रयोग र आयातमा सरकारले कडाई गर्नु जरुरी छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *