औषधि कम्पनी नै तस्करीमा !
काठमाडौँ, ४ कात्तिक – लागूपदार्थ एम्फेटाइन बनाउने कच्चपदार्थका रुपमा रहेको स्युडोएफेड्रिन तस्करीमा थप दुई औषधि कम्पनीमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरी अनुसन्धानपछि औषधि व्यवस्था विभागले यो कम्पनीको जीएमपी समेत निलम्बन गरेको छ ।
लागूऔषध नियन्त्रण व्युरोका अनुसार मधुसूदन अग्रवालका नाममा रहेको एसआर फर्मास्युटिकलल्स र उनका भाइ अमित अग्रवालले सञ्चालन गरेको टेरेस फर्मा ल्यावले अबैध रुपमा स्युडोएफेड्रिन तस्करी गरेको अरोपमा अनुसन्धान अगाडि बढेको छ । मधुसुदन अग्रवाल पूर्वसभासद् हुन् ।अन्नपूर्ण पोष्ट दैनिकबाट