चार मिर्गाैला रोगीलाई वीर अस्पतालमा सिफारिस
पर्वत, ९ असोज- चेतनाको अभावमा लामो समयदेखि मिर्गौला परीक्षण गर्न नसकेका र मिर्गौला रोगबाट ग्रसित बनेका एक हजार पाँच सयभन्दा बढीको आज मिर्गौला परीक्षण गरिएको छ ।
दुई छुट्टाछुट्टै स्थानमा आयोजित मिर्गौला रोगसम्बन्धी निःशुल्क परीक्षण शिविरमा एक हजार पाँच सय ५० जनाको परीक्षण गरिएको हो ।
‘नेपाल किड्नी फाउन्डेसन’ र अमेरिकाको ‘डाभिटा भिलेज ट्रस्ट’ले शुक्रबार र शनिबार सञ्चालन गरेको शिविरअन्तर्गत फलेवासमा पाँच सय ३८ र कुश्मा बजारमा एक हजारभन्दा बढीको परीक्षण गरिएको हो । लायन्स क्लब अफ शिवालय र लायन्स क्लब अफ मोदीकालीको व्यवस्थापनमा सम्पन्न शिविरमा स्वदेशी तथा विदेशी दक्ष चिकित्सक र प्राविधिकले सेवा उपलब्ध गराएका थिए ।
मिर्गौलासम्बन्धी रोगको परीक्षण, परामर्श र समस्या भएका बिरामीलाई औषधि समेत वितरण गरिएको फाउन्डेसनका संयोजक गणेश उप्रेतीले जानकारी दिए । तत्काल उपचार प्रक्रिया नथाल्ने हो भने मृत्युको मुखमै पुग्न सक्ने अवस्थामा रहेका चार जनालाई तत्काल उपचारका लागि वीर अस्पतालामा सिफारिस गरिएको मिर्गौला रोग विशेषज्ञ डा. शक्ति बस्नेतले बस्नेतले बताए।
मिर्गौला सामान्य अवस्थामा रहेका व्यक्तिलाई परामर्श र समस्या देखिएका बिरामीलाई उपचार तथा औषधि प्रदान गरिएको शिविरमा सहभागी अमेरिकाका मिर्गौला रोग विशेषज्ञ डा. जोन बलले जानकारी दिए । अमेरिकाका दुई विशेषज्ञ चिकित्सकसहित २३ स्वास्थ्यकर्मीले शिविरमा सेवा प्रदान गरेका थिए । रासस
सम्पर्क इमेल : [email protected]



नेपाली हेल्थ 
![[ File # csp5576624, License # 1631883 ] Licensed through http://www.canstockphoto.com in accordance with the End User License Agreement (http://www.canstockphoto.com/legal.php) (c) Can Stock Photo Inc. / megija](https://www.nepalihealth.com/wp-content/uploads/2016/01/kidny-1.jpg)
