अनुगमन टोलीद्धारा एउटा फार्मेसी दुईवटा क्लिनिकमा शील

0
Shares

काठमाडौँ, ३२ साउन – सरकारले अनुमति पत्र नवीकरण नगरी सञ्चालित एउटा फार्मेसी र दुईवटा क्लिनिक बन्द गराएको छ । सरकारको विशेष अनुगमन टोलीले काठमाडौं सिनामंगलका एउटा फार्मेसी र २ क्लिनिकमा छापामारी शील गरेको हो ।

सिनामंगलमा रहेको ज्ञानगंगा फार्मेसी, एमएभी पोलीक्लीनिक र सिनामंगल हेल्थकेयरलाई अनुगमन टोलीले शील गरेको आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए ।

सिनामंगल क्षेत्रमा आजमात्रै ८ वटा स्वास्थ्य संस्थामा विभागको टोलीले अनुगमन गरेको थियो । तर, सरकारसँग लिएको अनुमति नै नवीकरण नगरी सञ्चालन गरेको पाइएपछि बन्द गराइएको श्रेष्ठले बताए ।

‘स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा काम गर्नेले सरकारसँगको अनुमति नवीकरण नगर्नु दण्डनीय हो’, श्रेष्ठले भने, ‘यस्ता संस्थाहरु बन्द गराएर आवश्यक कारवाही सुरु भएको छ ।’

ज्ञानगंगा फार्मेसीले २ वर्षदेखि अनुमति नवीकरण गरेको थिएन भने एमएभी पोलीक्लीनिकको अनुमतिको म्याद एक वर्ष अघि नै सकिएको थियो । सिनामंगल हेल्थकेयरको अनुमति नवीकरण नभएको ८ महिना बितेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *