भाटभटेनीबाट पक्राउ परेका प्रदर्शनकारीद्धारा हिरासतमै अनसन !
काठमाडौँ, ९ साउन – शान्तिपूर्ण विरोधमा दमन गरी आफूहरुलाई पक्राउ गरेको भन्दै डा गोविन्द केसीका समर्थक तथा चिकित्सक विद्यार्थीद्धारा हिरासतमै अनसन घोषणा गरेका छन् ।
उनीहरुले दिउसो तीन बजेबाट अनसन घोषणा गरेका हुन् । उनीहरुलाई विनासर्त रिहा गर्नुपर्ने भन्दै बाहिर समर्थक तथा विद्यार्थीहरुले सामुहिक धर्ना सुरु गरेका छन् ।
आज विहान ११ बजे टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग घेराउ गर्न पुगेका समर्थक र प्रहरीबीच झडप भएको थियो । सो क्रममा प्रहरीले ९ जनालाई पक्राउ गरि प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लव परिषरमा पुरयाएको थियो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




