फार्मेसीबाटै लागुऔषध बिक्री !

0
Shares
Hatkadi
काठमाडौँ, ७ साउन – लागुऔषध दुव्र्यसनीलाई औषधिपसलबाटै लागु औषध बिक्री हुने गरेको खुलेको छ। लागुऔषध नियन्त्रण ब्युरो र औषधि व्यवस्था विभागले बिहीबार राजधानीका चारजना फार्मेसी सञ्चालकलाई पक्राउ गरेको छ।
भीमसेनगोलास्थित शेरावली पोलिक्लिनिकका राम श्रेष्ठ राय, जय बागेश्वरीस्थित बागेश्वरी फर्माका इन्दु आचार्य र सिर्जना श्रेष्ठ, लामपोखरी चाबहिस्थित जोशी फार्मेसीका न्युच्छेलाल श्रेष्ठ र चुच्चेपाटीस्थित रुपन्देही ड्रग हाउसका रामबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको हो।
शेरावली पोलिक्लिनिकबाट आृपिडोल ६० ट्याबलेट, स्मास्यो ७ सय ६० ट्याबलेट, ट्राफ्लास एक सय १० ट्याबलेट बराम भएको छ। बागेश्वरी फर्माबाट स्पास्मो ३० ट्याबलेट तथा जोशी फार्मेसीबाट ८१ वटा ट्रामाडोल ट्याबलेट बरामद भएको छ।
चिकित्सकको सिफारिस अनुसार मात्र ती औषधि बिक्री गर्नु पर्नेमा उनीहरुले सिफारिसबिनै बिक्री गर्दै आएका थिए।
– नयाँ पत्रिका दैनिक
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *