उल्ट्याउन सकिन्छ बन्ध्याकरण

1.5k
Shares

Tubal-Recanalization

काठमाडौँ, ४ साउन – हामी धेरैलाई लाग्न सक्छ, परिवार नियोजनको स्थायी बन्ध्याकरण (भ्यासेक्ट्रोमी) गरिसकेपछि पुन: उल्ट्याएर सन्तान जन्माउन सकिँदैन । तर, नेपालमा नै यो सम्भव भइसकेको छ । यसलाई चिकित्सकीय भाषामा रिक्यानालाइजेसन भनिन्छ ।

नेपाल परिबार नियोजन संघका अनुसार यसरी भ्यासेक्ट्रोमी उल्ट्याउने नेपालमा मात्र वार्षिक सयभन्दा बढी छन् । संघका डा.ओम महर्जन भन्छन्, ‘सम्बन्धविच्छेद गरी दोस्रो विवाह गरेकाहरू दोस्री श्रीमतीबाट सन्तानको चाहना राखी रिक्यानालाइजेसन गर्न आउनेको संख्या बढेको छ ।’

रिक्यानालाइजेसन गर्दा भ्यासेक्ट्रोमीको वेला काटेर बाँधिएको शुक्रकिट नलीलाई पुन: बाँधिएको ठाउँमा काटी सो नलीलाई नयाँ ठाउँमा जोडिन्छ । यसरी शल्यक्रिया गरी पुन: जोडिएको नलीमा फेरि पुरुषको शुक्रकिट बहने गर्छ ।अहिलेसम्म त्यसरी रिक्यानालाइजेसन गरेका केस ५० प्रतिशत सफल हुने गरेको रेकर्ड छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *