हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्दै छौँ : स्वास्थ्यमन्त्री चौधरी

 रामजनम चौधरी
रामजनम चौधरी

काठमाडौँ, २२ असार – स्वास्थ्यमन्त्री रामजनम चौधरीले हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने बताएका छन् । उनले मन्त्रालयअन्तर्गतका सबै अस्पतालको क्षमता अभिवृद्धि गर्न लागिएको जानकारी दिएका छन् ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा विनियोजन विधेयक, २०७३ अन्तर्गत स्वास्थ्य मन्त्रालयका शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले स्वास्थ्य संस्थामा जनशक्ति अभाव हुन नदिन करारमा नियुक्ति गरी पठाइएको बताए । उनले अस्पतालमा औषधि र उपकारणको अभाव हुन नदिन मन्त्रालय सचेत रहेको दावि गरे ।

मन्त्री चौधरीले दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सक पठाउन सुरु गरिएको, अस्पताललाई आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिइएको बताए । उनले थारु जातिमा देखिएको ‘सिकललेस’ रोग नियन्त्रण गर्न ध्यान दिइएको जानकारी गराए ।

मन्त्री चौधरीले सामाजिक सुरक्षाअन्तर्गत स्वास्थ्य बिमा कार्यक्रम आगामी तीन वर्षभित्रमा सबै देशभर लागू गर्ने योजनामा सरकार रहेको र काम अघि बढाइसकेको जानकारी गराएका छन् ।

मिर्गौलाका बिरामीलाई निःशुल्क डायलोसिस सेवा दिने, यसै आर्थिक वर्षदेखि बोनमेरो ट्रान्सप्लान्ट सेवा सुरु गर्न लागिएको, वीर अस्पताललाई केन्द्रीय अस्पतालमा रुपान्तरण गर्न लागिएको समेत जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *