कोसी अञ्चल अस्पतालको सेवामा सुधार

koshi

मोरङ, १४ असार –  विराटनगरको कोसी अञ्चल अस्पताल, कोसी अञ्चलकै सबैभन्दा ठूलो सरकारी अस्पतालका रुपमा कहलिएको छ ।

विकृति, विसङ्गति र बेवारिसे अवस्थामा फसेको अस्पताललाई त्यसबाट बाहिर निकाल्ने काम गर्नु भनेको ढुङ्गा चपाउनुसरह नै हो । तर पछिल्ला केही कामले कोसीमा केही सुधार आउन थालेको देखिएको छ ।

अस्पतालमा सिटिस्क्यान, अल्ट्रासाउन्ड, एक्स–रे, इएनटिका लागि प्रयोग गरिने नयाँ मेसिन, डायालाइसिसजस्ता मेसिनहरु नयाँ आयात गरेर सञ्चालन भएका छन् । यसले सर्वसाधारणको कोसी अस्पतालप्रतिको आशा पलाएको सेवाग्राही अर्जुन काफ्ले बताउँछन्।

अस्पताल सरसफाइ, बिग्रिएका मेसिन बनाउने कामले पनि उत्तिकै प्राथमिकता पाएका छन् । अस्पतालको मेडिकल स्टोरमा सकिएको औषधि आयातका लागि पनि काम धमाधम भइरहेको छ ।

अस्पतालका अनुसार औषधि आयात गर्ने काममा टेन्डर आह्वान गरिसकिएको छ । रु ५० लाखको लगानीमा सघन उपचार कक्ष ९आइसियु० निर्माण गर्ने तयारी भइरहेको र थप दुईवटा भेन्टिलेटरसमेत खरिद गर्ने काम भई रहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा रोशन पोखरेल बताउँछन् ।

सेवामा देखिएको विकृति र विसङ्गतिका कारण बिरामीले पाएको सास्तीलाई कम गर्नका लागि अस्पतालको काममा आशा जाग्नुलाई स्वाभाविक लिनुपर्ने र आगामी दिनमा सेवाग्राहीको मन जित्न अस्पताल सफल हुने विश्वास रहेको सो अस्पतालका आकस्मिक सेवाका इन्चार्ज डा रघुनन्दन अधिकारीले बताए ।

कोसी अस्पतालमा अबका दिनमा सुरु भएको नयाँ कामको सराहना भने सबैले गर्नैपर्ने सेवाग्राहीहरु बताउँछन् । तर आफन्त बिरामी भएर अस्पतालसम्म पुगेका बिरामीका आफन्तलाई गरिने नकारात्मक व्यवहारमा परिवर्तन गर्न चिकित्सकको भूमिका महत्वपूर्ण हुनुपर्ने सेवाग्राहीहरु बताउँछन् ।

त्यसैले, एकातर्फ आफन्त र बिरामीको पीडामा थप पीडा थप्ने कामलाई निरुत्साहित गर्ने काममा अस्पताल प्रशासन लाग्दै छिटो सेवा दिनु अहिलेको अवश्यकता भएको सेवाग्राही पप्पु मिश्रले बताए । – रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *