इलाष्टिक व्याण्ड नाडीमा छोपिदा झण्डै हात गुमाए चार बर्षे बालकले

band1

एजेन्सी – चीनका चिकित्सकहरुले एक चार बर्षीय बालकको नाडीबाट इलास्टिक ब्यान्ड निकालेका छन् । लोङगलोङग नामक बालकको हात काट्नुपर्ने स्थितिमा पुगिसकेको थियो र त्यतिखेरै चिकित्सकले हात भित्र इलास्टिक ब्यान्ड भएको फेला पारे ।

डाक्टरहरुका अनुसार सो ब्यान्डले बालकको हड्डीको बृद्धिलाई रोकिरहेको थियो र हात चलाउन गाह्रो बनाइरहेको थियो । एक वर्षको हुँदा लोङगलोङगकी आमाले उनलाई चाँदीको ब्रेसलेट दिएकी थिइन् तर गत डिसेम्बरमा उनकी हजुरआमाले ब्रेसलेट कसीलो भएको भन्दै निकालेकी थिइन् । त्यतिखेरै हातमा रातो सुन्निएको देखियो र उनलाई अस्पताल लगियो । सामान्य जाँच गरेर फर्काइयो । तर हातको रातो धब्बा गएन । अप्रिल २८ मा परिवारले बालकलाई चेङगडु महिला तथा बाल अस्पतालमा पुरा्याए ।

band3

अस्पतालले रातो धब्बाको लागि औषधि सुझाए र तीन महिनापछि दाग हटाउने शल्यक्रिया गर्नुपर्ने योजना बनाए । तर जुन ८ मा बालकको हातको स्थिति झनै दर्दनाक भएपछि अस्पतालमा तुरुन्तै काटेर हेर्दा नडीमा ब्यान्ड भेटियो ।

डा. फु भन्छन् ‘रबर ब्यान्डले हाडको बृद्धि रोकेको थियो र हात चलाउन अप्ठेरो बनाएको थियो । हामीले रबर ब्यान्ड निकाल्न अलिकति पनि ढिला गरेको भए हात नै काट्नुपर्ने स्थिति आउँथ्यो ।’

band4

शल्यक्रिया पछि बालकको रबर ब्यान्ड आफूले लगाएको खुलासा गरे । रबर ब्यान्डलाई कसिलो चाँदीको ब्रेसलेटले ढाकेको रहेछ र रबर ब्यान्ड छालाभित्रै छिर्न पुग्यो ।

बालकको बाबुआमा टाढा काम गर्न बस्छन् र बालको आफ्नो हजुरबुबा र हजुरआमासंग बस्छन् । कपडा लगाउने, नुहाउने सबै काम आफै गर्ने हुँदा बालकमा यस्तो समस्या भएको कसैलाई पत्तै भएन ।सोही अस्पतालमा यो भन्दा पहिले कसिलो रबर ब्यान्डको कारण एक बालकको हात काट्नु परेको डाक्टरहरु बताउँछन् ।

band2

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *