चिकित्सक संघको निर्वाचन २१ देखी २५ भदौसम्म (तालिका सहित)

132
Shares

काठमाडौँ, १० असार – डाक्टरहरुको छाता संगठन नेपाल चिकित्सक संघको नयाँ निर्वाचन आगामी २१ देखी २५ भदौसम्म हुने भएको छ । केन्द्रीय कार्यकारिणी समिति २०७२ २०७५ कार्यकालका हुने निर्वाचनबाट अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सह सचिव, सह कोषाध्यक्ष र ६ जना सदस्यहरु निर्वाचित हुनेछन् ।

प्रमुख निर्वाचन अधिकृत डा. धनबहादुर मगरका अनुसार निर्वाचनमा २०७३ बैशाख मसान्त भित्र नविकरण तथा नयाँ सदस्यता लिएका चिकित्सकहरुले मात्र निर्वाचनमा भाग लिन पाउनेछन् ।

अध्यक्ष बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सहसचिव, तथा सहकोषाध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्न कम्तीमा ५ बर्ष र सदस्य पदमा उम्मेदवार बन्नका लागि कम्तीमा दुई बर्ष सदस्यता लिएको हुनुपर्ने सूचनामा जनाइएको छ ।

निर्वाचनमा भाग लिन चाहनेले आगामी ७ साउन देखी ११ साउन दिउसो १ बजे भित्र उम्मेदवारी दर्ता गराइसक्नु पर्ने समितिले जनाएको छ ।

यस्तो छ निर्वाचन तालिका 

NMC1

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *