म्यानमारका स्वास्थ्य मन्त्री भन्छन्, ‘७५ प्रतिशत लागू हुनासाथ प्लेन प्याकेजको तयारी थाल्छौँ ‘

myanmar

नेपितो (म्यानमार), ६ असार – म्यानमारका स्वास्थ्य मन्त्री डा. माइन्ट ह्याट्वीले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्ने पछिल्लो कानून लागू हुनासाथ प्लेन प्याकेजको तयारी थाल्ने बताएका छन् । म्यानमार सरकारले गत २९ फेब्रुरीमा पास गरेको सुर्तिजन्य पदार्थ सम्वन्धी कानूनको लागू आगामी १ सेप्टेम्बर देखी लागू गर्दैछ ।

सो कानूनले आगामी १ सेप्टेम्वर देखी बजारमा आउने सबै खाले सुर्तीजन्य पदार्थको प्याकेटको कुल भागमध्ये ७५ प्रतिशत चेतावनीमुलक चित्रंअंकित स्वास्थ्य सन्देशले छोपिनै पर्ने अनिवार्य व्यवस्था गरेको छ ।

राजधानी न्यापितोमा आइतबारबाट सुरु भएको साउथ एसिया रिजनल टोबाको कन्ट्रोल लिडरसीप प्रोग्रामको सोमबार औपचारिक उद्घाटन गर्ने क्रममा न्त्री डा ह्याट्वीले नसर्ने रोगको जोखिम कम गर्न तथा डव्लुएचओ एफसीटीसीमा हस्ताक्षर गरिसकेको अवस्थालाई ख्याल गर्दै नयाँ नियम बनाएको बताए । उनले आफ्नो देश सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि दक्षिणपूर्वी एसियाली मुलुकमै नमूना बन्न चाहेको भन्दै प्लेन प्याकेजको सोच अघि सारेको बताए ।

म्यान्मार सरकारले सन २०१४ मा सुर्तीजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्ने उपायका बारेमा सर्भेक्षण गरेको थियो । त्यतिवेला सर्भेक्षण गर्दा करीब ३५ प्रतिशतले शव्दमा उल्लेख गरिएको चेतावनीमुलक सन्देश प्रभावकारी भएको बताएका थिए । झण्डै ८० प्रतिशत सहभागीले चेतावनीमुलक चित्रअंकित स्वास्थ्य सन्देश प्रभावकारी हुने बताएका थिए । सोही सर्भेक्षण अनुसार यो नयाँ कानून ल्याइएको हो ।

myanmar1

कार्यक्रममा बोल्दै विश्व स्वास्थ्य संगठनका म्यानमार प्रतिनिधी डा. अलाका सिंहले सुर्तीजन्य पदार्थको प्रयोगमा नियन्त्रण गर्न म्यानमार सरकारले चालेको कदमको सह्राना गरे । उनले निकट भविस्यमै म्यानमारले प्लेन प्याकेजमा गएर क्षेत्रीयस्तरमै उत्कृष्ठता प्रस्तुत गर्न सुझाव दिए ।

द युनियनमा एसिया प्यासेफिक क्षेत्रीय सल्लाहकार डा. तारासिंह बमले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्ने उपयुक्त र भरपर्दो एउटा माध्यम चेतावनीमुलक स्वास्थ्य सन्देश लागू गर्ने भएको र अर्को माध्यम करको दरमा बृद्धि गर्नुपर्ने भएको भन्दै म्यानमार सरकारले सोही अनुरुप कार्य अघि बढाएको बताए । उनले नियम बनाउन तथा कार्यान्वयन गर्नका लागि सरकारी नेतृत्व तथा नागरिक समाज गैरसरकारी संस्थाको प्रतिवद्धताको प्रशंसा गरे । उनले कार्यक्रमका लागि विभिन्न देशबाट आएका प्रतिनिधिहरुलाई आआफ्नो देशमा भइरहेको कानूनलाई थप प्रभावकारी बनाउन सुझाव समेत दिए ।

कार्यक्रममा पव्लीक हेल्थ फाउन्डेसनका अध्यक्ष डा. देन सेइन, जोन हप्कीन्सका एसोसियट सेन्टिस्ट स्टीभ टम्प्लीन लगायतले सुर्ती धारणा राखेका थिए ।

myanmar2

पिपुल्स हेल्थ फाउन्डेसन म्यान्मारको आयोजनामा भएको साताव्यापी कार्यक्रमलाई  जोन हप्किन्स, द युनियन तथा म्यान्मार सरकारको स्वास्थ्य मन्त्रालयले सघाएको छ । कार्यक्रममा म्यान्मार सहित , नेपाल, कम्बोडिया, लावोस र टिमोर लिष्टे झण्डै ६ दर्जन प्रतिनिधी सहभागी छन् । उनीहरुलाई एक साता सम्म सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी नेतृत्व विकास तालिम दिइनेछ ।

 यो पनि पढ्नुस्

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *