सुर्ती नियन्त्रणका लागि म्यान्मारले पनि ल्यायो कडा नियम

myanmar1एजेन्सी –  म्यान्मार सरकारले सबैखाले सुर्तीजन्य पदार्थको प्याकेटको अगाडी र पछाडिको भागमा ७५ प्रतिशत चेतावनीमुलक चित्रअंकित स्वास्थ्य सन्देशले छोपिनुपर्ने व्यवस्था गरेको छ ।

जसमध्ये ५० प्रतिशत भागमा सुर्तीजन्य पदार्थको सेवनले स्वास्थ्यलाई गर्ने हानी झल्कने तस्विर र २५ प्रतिशत भागमा स्थानीय भाषामा चेतावनीमुलक सन्देश समेटनुपर्ने छ । यो नियमम आगामी १ सेप्टेम्बरबाट लागू हुने जनाइएको छ ।

म्यान्मार सरकारले सन २०१४ मा सुर्तीजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्ने उपायका बारेमा सर्भेक्षण गरेको थियो । त्यतिवेला सर्भेक्षण गर्दा करीब ३५ प्रतिशतले शव्दमा उल्लेख गरिएको चेतावनीमुलक सन्देश प्रभावकारी भएको बताएका थिए । झण्डै ८० प्रतिशतले चेतावनीमुलक चित्रअंकित स्वास्थ्य सन्देश प्रभावकारी हुने बताएका थिए ।

सोही सर्भेक्षण अनुसार यो नयाँ नियम ल्याइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *