नसर्ने रोगको बढ्दो जगजजी !

Ensuring her vitals are nominal before the procedure

काठमाडौँ २५ जेठ – शहरबासीको बदलिदो जीवनशैली र खानपानसंगै रोगको प्रकृतिसमेत परिवर्तन भएको छ । केही वर्ष अघिसम्म शहरमा समेत महामारी मच्चाउने सरुवा रोग यतिवेला खुम्चीदै गएको छ,  भने केही वर्ष अघिसम्म कुनामा खुम्चिएको नसर्ने रोग अहिले महामारी फैलाउने गतिमा अघि बढदैछ । रोगको प्रकृतिमा आएको यस्तो परिवर्तनले आम मानिसलाई भने थप चिन्तित तुल्याएको छ ।

नेपालमा मात्रै होइन मुटु, क्यान्सर, मृगौला, अल्जाइमर्स, पार्किन्सन्स, दम, पक्षघात जस्ता नसर्ने रोग रोग प्रकोप यतिवेला संसारभर बढेको छ । सोही कारण विश्वस्वास्थ्य संगठन (डव्लुएचओ) ले नसर्ने रोग नियन्त्रणका लागि छिट्टै विशेष कदम नचाले अवको ४ बर्ष पछि  अर्थात सन २०२० सम्ममा महामारी रुप लिने भविस्यबाणी गरिसकेको छ ।

त्यसो त नेपालमा २२ बर्ष अघि गरिएको अनुसन्धानले  सर्ने रोग ७० प्रतिशत र नसर्ने रोग ३० प्रतिशत रहेको देखाएको थियो । तर अहिले नसर्ने रोग बढेर ५२ प्रतिशत पुगेको छ सरुवा रोग घटेर ४८ प्रतिशतमा झरेको छ । अझ शहरमा त नसर्ने रोगको प्रकोप ७० प्रतिशत भन्दा माथि पुगेको चिकित्सकहरु बताउछन ।

शहरमा नसर्ने रोगको प्रकोप किन बढ्यो त ? बरिष्ट मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला भन्छन, ‘ खानपान र जीवनशैलीमा आएको परिवर्तन नै हो । पहिले जनसंख्या कम थियो , अर्गानिक खाना तथा फलफुल खान पाइन्थो , यातायातका सुविधा पनि हुदैनथ्यो , खेती किसानीमा बढी क्रियाशिलता हुन्थो । अहिले त्यो छैन । शारिरीक अभ्यास गर्न ठाउ पनि छैन फुर्सद पनि छैन । ताजा र स्वच्छ खाना बजारमा पाइदैन, राती धेरै अनिधो बस्ने विहान अवेलासम्म सुत्ने, सूर्ति तथा मदिराजन्य पदार्थको प्रयोगमा बृद्धि गर्नु , जंकफुडहरु खाने आदि कारण नै हुन ।’ डा. कोइरालाले खानपान र जीवनशैलीलाई ध्यान दिन सके नसर्ने रोग लाग्नबाट जोगिन सक्ने बताए ।

त्यसो त तीन बर्ष अघि गरिएको  नसर्ने रोगका कारक तत्व सम्बन्धी एक सर्भेक्षणले शहरी क्षेत्रका १५ वर्ष माथिका ९९ प्रतिशत मानिसहरु कुनै न कुनै प्रकारका  नसर्ने रोगको उच्च जोखिममा रहेको देखाएको थियो । त्यसमा प्रमुख समस्याको रुपमा मुटुरोग र त्यो रोग बढनुमा कोलेस्टेरोल हुनेको संख्या बढ्दै जानु, अधिकंस युवा तथा पौडहरु धुम्रपानको कुलतमा रहनु, प्रयाप्त मात्रामा फलफुल तथा साग सब्जी सेवन नगर्नु, गरेपनि किटनासक औषधी बढी भएको प्रयोग गर्नु जस्ता कारण रहेको देखाएको थियो ।

अर्का मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले पछिल्लो समय मुटुको उपचारको लागि आउने अधिकांस शहरीया युवा रहेको बताउछन । ‘ अहिले मुटुसम्वन्धी रोग बढी मात्रामा युवाहरुलाई लागेको छ पछिल्लो समय म कहाँ  आउने विरामीहरु मध्ये आधा जसो विरामी ३० वर्ष देखी ४५ वर्षका युवाहरु नै हुने गरेका छन ।’

डा. रेग्मीले प्राय शहरी क्षेत्रमा वस्ने मध्ये ३० वर्ष माथिका ५० प्रतिशतलाई ब्लडप्रेसरको समस्या रहेको बताए । पछिल्लो अध्ययनले पनि शहरी क्षेत्रका प्रत्येक परिवारमा कम्तीमा १ जना मुटु सम्बन्धी विरामी रहेको देखाएको छ ।

महंगो उपचारको रुपमा लिइने अर्को नसर्ने रोग मृगौला सम्बन्धी रोगका विरामीको संख्या पनि बढ्दै गएको छ । नेपाल मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक समेत रहेका मृगौला रोग विशेषज्ञ डा. पुकार चन्द्र श्रेष्ठ नेपालमा प्रतयेक वर्ष ३ हजार मृगौला रोगी थपिने गरेको बताउछन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *