एउटी महिला – जसको खुट्टाको तौल १०८ केजी

17b

एजेन्सी – हुन त जन्मेको बखत नै म्यान्डी सेलार्सको खुट्टाको तौल अरु सामान्य शिशुको भन्दा पाँच गुणा बढि थियो । डाक्टरहरुले त्यतिबेलै उनी हिड्न सक्दिनन् कि भन्ने अनुमान गरेका थिए । त्यहि अनुमान अहिले आएर पुष्ठि भएको छ ।

डाक्टरहरुले उतिवेला उनी कुनै गम्भीर रोगको सिकार भएको पत्ता लगाएर हिड्न सक्दिनन् कि भनेका होइनन् । खुट्टाको आकार अस्वभाविका देखेर त्यस्तो भनेका थिए तर भयो त्यस्तै । उनी अहिले अरु मान्छे जस्तो गरि सहजरुमा हिड्न सक्दिनन् । उनले बाँया खुट्टा गुमाई सकेकी छन् ।

सेलार्स अहिले ४१ बर्षकी भइन् । उनको खुट्टाको तौल १०८ किलोग्राम अर्थात १७ स्टोन पुगेको थियो । तर अहिले चिकित्सकले रोग पत्ता लगाइसकेपछि ३८ किलो ग्राम घटेको छ । तर पनि उनले आफ्नो खुट्टाको भारि सम्हाल्न सक्दिनन् ।

17a

उनको खुट्टामा देखिएको समस्या करीब ७० करोडमा एक जनामा देखिने पीआईकेथ्रिसीए नामक जीनको न्युटेशन जेनेटिक रोग भएको चिकित्सकले पत्ता लगाए । सोही अनुसार उनको उपचार सुरु गरियो र नतिजा अहिले देखिन थालेको छ ।

यसलाई चिकित्सकले यो जेनटिक समस्या भन्न रुचाउछन् । यस्तो समस्याले उनको शरीरको तल्लो आधा भागमा छाला, हाड, तन्तु र फ्याट चाहिने भन्दा बढी दरमा बढ्ने गर्दछ ।

सन् २०१०मा सेलार्सको खुट्टाको तौल निकै बढी भयो । उनको खुट्टामात्रै १०८ किलो (१७ स्टोन) पुग्यो भने संक्रमणको सम्भावना पनि बढ्यो । चिकित्सकले ज्यान बचाउनका लागि उनको देब्रे खुट्टा काट्नु पर्ने बताए ।17c

यो कुरा क्याम्ब्रिज युनिभर्सिटीका बैज्ञानिकहरुले पनि थाह पाए, त्यसपछि बल्ल अध्ययन सुरु गर्न थालियो । सन १९१२ मा उनको डीएनए परीक्षण गरियो । त्यसबाट पत्ता लाग्यो कि उनको पीआईकेथ्रिसीए नामक जीनको न्युटेशन रहेछ । जसका कारण उनको खुट्टा अनियन्त्रतित रुपमा बढदो रहेछ । क्याम्ब्रिजका बैज्ञानिकहरुले यो समस्या ७० करोडमा एक जनालाई देखिने बताएका छन् ।

17

अहिले उनीहरुले खुट्टाको आकार घटाउने औषधि प्रयोग गर्ने सुझाव दिएका छन् । जसबाट उनको खुट्टाको तौल ६ स्टोन घटिसकेको छ । उनी आफैले पनि औषधिले खुट्टाको आकार सामान्य अवस्थामा आउने र सामान्य जीवन यापन गर्न सक्ने योजनामा रहेको बताउछिन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *