सुदूर पश्चिमको करार नियुक्तिमा अनियमिता देखिएन, अब पुरानै नतिजा सदर हुने

IMG_20160604_094254

रामप्रसाद न्यौपाने / काठमाडौँ, २२ जेठ – सुदूर पश्चिममा ९ वटा जिल्लामा आफ्ना मान्छे भर्ती गर्ने स्वास्थ्य मन्त्री रामजनम चौधरीको योजना विफल हुने देखिएको छ । करार नियुक्तिका लागि लिइएको परीक्षाको छानवीन गर्न गठित समितिले परीक्षामा कुनै अनियमितता नभएको र नियम अनुसार नै परीक्षा र नतिजा प्रकाशित भएको प्रतिवेदन बुझाएपछि योजना विफल हुने देखिएको हो ।

आफूले दिएको लिष्टका मान्छे नपरेपछि मन्त्री चौधरीले सुदूरपश्चिमका क्षेत्रीय निर्देशक डा सुशील प्याकुरेललाई मन्त्रालय तानिएका थिए । भने करार नियुक्तिका लिएको परीक्षाको नतिजा कार्यान्वयन गर्न नदिई छानवीन गर्न समिति गठन गरेका थिए । तर समितिले कुनै कोणबाट पनि परीक्षामा अनियमितता भएको नपाइएको प्रतिवेदन दिएको छ । यद्धपी सो प्रतिवेदन अहिलेसम्म सार्वजनिक भइसकेको छैन् ।

छानवीन समितिले गत १८ जेठमा ७ पृष्ठ लामो प्रतिवेदन सचिवलाई बुझाएको छ । नेपालीहेल्थ प्राप्त गोप्य स्रोतबाट प्राप्त प्रतिवेदनमा टोलीले दिएको राय यस्तो छ, ‘उजुरीमा उल्लेख भएको जस्तो अन्तरबार्ता निष्पक्ष सञ्चालन नभएको देखिएन् । आफना मान्छेका् नाम निकालेको भन्ने सन्दर्भमा प्रत्येक जिल्लाका स्थानीयले आफ्नो जिल्लामा ३ अंक बढी पाउने नेपाल स्वास्थ्य सेवाको चिकित्सक स्वास्थ्यकर्मीको पदमा करार नियुक्ति सम्वन्धी कार्यविधि २०७२ को दफा घ मा उल्लेख भएको व्यवस्था प्रयोग गरिएको देखिएको छ ।’

अन्तरबार्तामा ठूलो रकम लिई पैसा खुवाउनेको मात्रै नाम निकाले भन्ने सन्दर्भमा २०७३ जेठ र असारको अवधी तोकी २०७३ जेठ ९ सम्म अन्तर्वार्ता नै सञ्चालन भएकोले एक डेढ महिनाको लागि चौथो र पाँचौँ तहको जागिरका लागि ठूलो रकम खुवाएको भन्ने आरोपको आधार देखिएन ।

‘उक्त परीक्षा रद्ध गरी पुन परीक्षा गराई पाँउ भनि निवेदनमा उल्लेख भएका सन्दर्भमा ती पदहरुमा लोक सेवा आयोगले विज्ञापन खुलाई सकेको र पद सुरक्षित गर्न पत्राचार समेत गरेको हुँदा स्थायी जागीरमा पास हुनका लागि पढन भनी अन्तरबार्तामा समेत अनुपस्थित भएको पाइयो । जस्तो हेल्थ असिस्टेन्ट पदमा मागको तुलनामा पर्याप्त दरखास्त नपरेको देखिन्छ । हे अमा १४० संख्या माग भएकोमा निवेदन १२९ जना अन्तरबार्तामा ११३ जना मात्रै सहभागी भएको देखिन्छ । र उनीहरुको उजुरी समेत नपरेको उल्लेख छ ।’

क्षेस्वानिले गत २१ फागुनमा सुदूरपश्चिमका नौ जिल्ला कैलाली, कन्चनपुर, डडेल्धुरा, डोटी, बैतडी, बाजुरा, बझाङ, अछाम, दार्चुला सहित महाकाली अञ्चल अस्पतालका लागि हेल्थ असिस्टेन्स, स्टाफ नर्स, अहेव, अनमी, ल्याव असिस्टेन्स, रेडियोग्राफर लगायतका ३५४ जनाका लागि चौथो र पाँचौ तहका विभिन्न पदमा करारमा पदपूर्ति गर्न सूचना निकालेको थियो ।

करार नियुक्तिमा मन्त्री चौधरीसंग विवाद बढ्दै गएपछि निर्देशकलाई मन्त्रालय तानेर मन्त्री चौधरीले परीक्षामा नतिजाको छानवीन गर्न लगाएका थिए । छानवीन समितिमा मन्त्रालयका निर्देशक झविन्द्रप्रसाद पाण्डे र शाखा अधिकृत चिरन्जीवी सापकोटा थिए ।

यस्तो छ छानवीन समितिले दिएको राय :

IMG_20160604_094326

तीस दिनको काजमा छु त्यसपछि टिए डिए लिएर फर्कन्छु : डा. प्याकुरेल

मन्त्रीले दिएको लिष्टका मान्छे नपरेपछि मलाई नियतबस फसाउन खोजिएको हो । मैले फेरीपनि भन्छु मन्त्रीले लिष्ट दियो भन्दैमा नियम विपरीत गएर उत्तीर्ण गराउन मिल्दैन, मैले त्यस्तो गर्दिन् ।

सु पको केशमा त्यहि भएको हो । मलाई मन्त्रालय तानेर पहिलेको परीक्षाले प्रकाशित गरेको नतिजा रद्ध गर्न खोजियो तर त्यो सम्भव भएन् । छानवीन प्रतिवेदनले गलत नभएको भन्ने प्रतिवेदन दिएछ । मलाई त्यतिवेला ३० दिनका लागि काजमा भन्दै मन्त्रालय तानिएको हो ।

३१ बैशाखमा काठमाडौँ आएको हुँ अव ३० जेठमा सुप जानेछु । मन्त्रालयले मलाई काजमा बोलाएकोले सो अवधीको टीएडीए समेत चाहिन्छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *