को होला नयाँ स्वास्थ्य सचिव ?

dr

काठमाडौँ २१ जेठ – विहीबारको मन्त्रीपरिषद् बैठकले स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठलाई प्रधानमन्त्री कार्यालय तान्ने निर्णय गरेसंगै स्वास्थ्य मन्त्रालय सचिव विहीन बन्न पुगेको छ । यद्धपी सचिव श्रेष्ठ सरुवा भएको औपचारिक जानकारी शुक्रबार पनि सार्वजनिक गरिएको छैन् । यद्धपी स्वास्थ्य मन्त्री रामजनम चौधरीलाई उदृत गर्दै उच्च स्रोतले सचिव श्रेष्ठको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको स्पष्ट पारेको छ ।

सचिव श्रेष्ठको सरुवा भएको खवर सार्वजनिक भएसंगै स्वास्थ्य मन्त्रालयमा नयाँ सचिव को हुने भन्ने बारेमा बहस र चर्चा सुरु भएको छ । तर यही नै हुन्छ भन्ने ठोकुवा गर्न कसैले सक्ने अवस्थामा छैन् । त्यसैले सचिव स्पर्धामा अगाडी देखिएका १२ औँ तहका डा. सेनेन्द्रराज उप्रेती र डा. पदमबहादुर चन्दले आआफ्नो पक्षमा लविङमा जुटिसकेका छन् ।

यसअघि प्रतिस्पर्धामा देखिएकी प्रमुख विशेषज्ञ डा. किरण रेग्मी ( १२ औ तह) भने अहिले केही पछाडी रहेको बुझिएको छ । स्रोतका अनुसार डा. रेग्मीले आफू नजिकका व्यक्तिहरुलाई डा. चन्दलाई समर्थन गर्दै आफू प्रतिस्पर्धाबाट  पछि हटेको बताउने गरेकी छन् । बरु स्वास्थ्य सेवा विभागमा नि महानिर्देशकको जिम्मेबारी सम्हालेकी डा. पुष्पा चौधरी दुई घघ्डानसंग प्रतिस्पर्धामा भिड्ने मुडमा देखिन्छिन् ।

दौडमा रहेका डा. सेनेन्द्रराज उप्रेती तीन जना बाह्रौ तहका मध्ये सबैभन्दा बरिष्ठ मानिन्छन् । तर डा. चन्द डा उप्रेती भन्दा बरिष्ठ हुन भन्ने एक पक्षको दावी छ । तर स्रोत भन्छ डा. उप्रेतीले यस्तै विवाद हुन्छ भनेर नै बरिष्ठ भएको माइनुट गराएर राखेका छन् ।

बरिष्ठताकै आधारमा स्वास्थ्य सचिव श्रेष्ठले सेनेन्द्रलाई निमित्त दिदै आएका छन् । तर सचिवका लागि दुबै उत्तिकै दावेदार र सशक्त भएकाले यो व्यक्ति नै सचिव हुन्छ भनेर भन्न गाह्रो देखिएको छ ।

मन्त्रीको झुकाव डा. चन्दतर्फ, डा. उप्रेतीलाई बालुवाटारको आस

केही दिन अघि मात्रै मन्त्री चौधरीसंगै डा. चन्द विश्व स्वास्थ्य संगठनको महासभामा भाग लिन जेनेभा पुगेका थिए । उनीसंगै डा. रेग्मी पनि गएकी थिइन् । सो दौरानमा उनीहरुले खुलेर छलफल गर्न पाएका थिए ।

यसअघि मन्त्रीका सार्वजनिक समारोह बहिस्कार गर्दै आएका दुबै प्रमुख विशेषज्ञहरु जेनेभामा भने संगै गएका थिए । कार्यक्रममा संगै रहेका थिए । त्यति मात्रै होइन् डा. चन्दको क्षेत्रीयता समेत मिलेको छ । मन्त्री र डा. चन्द दुबैजना सुदूर पश्चिमका हुन् । त्यसको फाइदा पनि चन्दले पाएका छन् ।

डा. उप्रेती भने यस्तो फाइदामा छैनन् । सबैभन्दा बरिष्ठ त हुन् स्वास्थ्यका इस्यु पनि बुझेका व्यक्तिहरुमा गनिने उनी सचिवको लागि यसपटक कसिएका छन् । उप्रेती निकट स्रोत भन्छ, स्वास्थ्य मन्त्री साथ चन्दलाई गए प्रधानमन्त्रीको साथ उप्रेतीलाई जानेछ ।

तर गठवन्धन सरकार भएकोले मन्त्रीको प्रस्तावलाई ठाडै काटि हाल्ने अवस्थामा पनि प्रधानमन्त्री पुग्दैनन् । यद्धपी ओलीले चाहे भने निर्णय आफ्नो पक्षमा पार्न पनि गाह्रो छैन् ।

दुई जना बाहौँ तहका विशिष्ठ कर्मचारीको चर्चा गरिरहँदा ११ औँ तहमा ५ बर्ष काम गरी तालिम प्राप्त व्यक्ति पनि सचिवका लागि योग्य हुन् । मन्त्रीपरिषद् बैठकमा तीन जनाको नाम सिफारिस गरि एक जनाको छनौट हुने भएकोले अहिले नै यो होला भनेर भन्नु भने हतारो हुनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *