बीरलाई नमूना अस्पताल बनाउन जग्गा खोज्दै ‘न्याम्स’

bir hospital

काठमाडौँ २१ जेठ –  बीर अस्पताललाई अन्तराष्ट्रिय स्तरको अस्पतालमा परिणत गर्न पाँच सय रोपनी क्षेत्रफलमा अत्याधुनिक अस्तपाल बनाउने सरकारले योजना अघि सारेपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ( न्याम्स )का पदाधिकारीहरु जग्गा खोज्न तात्तिएका छन् । उनीहरुले यसै आर्थिक बर्ष भित्र जग्गाको टुंगो लगाई विस्तृत परियोजना प्रतिवेदन( डीपीआर) समेत सरकारलाई बुझाउने बताएका छन् ।

बीर अस्पताललाई अन्तराष्ट्रिय स्तरको अस्पतालको रुपमा स्तरोन्नती गर्ने चर्चा चलिरहँदा गत शनिबार प्रस्तुत आगामी आर्थिक बर्षको बजेटले समेत सोही दिशामा काम अघि बढाउन निर्देशन दिएको छ । बजेटमा आगामी आर्थिक बर्ष भित्र बीर अस्पताललाई सुविधासम्पन्न अस्पताल बनाउनका लागि काठमाडौँ उपत्यकाको उपयुक्त स्थानमा ५ सय रोपनी जग्गाखोजी गरी काम अघि बढाउने उल्लेख छ ।

न्याम्सका उपकुलपति प्राडा गणेश गुरुङले जग्गाको खोजी भइरहेको बताए । उनले चोभार, मलपोखरी, खुमलटार, मिनभवनको ट्रलिबस रहेको स्थान, गोठाटार, सानोठिमी क्याम्पस रहेको स्थानमा जग्गा हेरिसकेको बताए । त्यसमध्ये सानो ठिमी क्याम्पस हातामा रहेको झण्डै तीन सय रोपनी जग्गा अरु भन्दा उपयुक्त रहेको बताए । यद्धपी अहिलेसम्म जग्ग्गा कुन ठाँउको लिने भन्ने निश्चित भइनसकेको बताए ।

‘हामी खोजी गर्दैछौँ जहाँ उपयुक्त हुन्छ र कुरा मिल्छ त्यहिको लिनेछाँ’ नेपाली हेल्थसंग उनले भने ।उनले नयाँ स्थानमा सुपरस्पेशालिटी सहितको एक हजार बेडको अत्याधुनिक अस्पताल, न्याम्सको कार्यालय, एप्लाइड हेल्थ साइन्स, नर्सिङ कलेज, स्टाफ क्वाटर लगायतका अफिसहरु रहने बताए । डीपीआर तयार भएको ५ बर्षमा यो परियोजना सम्पन्न गर्ने लक्ष्य लिएको पनि गुरुङले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *