सामाजिक सुरक्षा विकास समितिमा डा. लोहनीको दोस्रोपटक नियुक्ती

748
Shares
डा. गुणराज लोहनी कार्यकारी निर्देशक सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति
डा. गुणराज लोहनी कार्यकारी निर्देशक सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति

काठमाडौँ, २० जेठ – स्वास्थ्य बीमा सञ्चालन गर्ने सरकारी निकाय सामाजिक सुरक्षा विकास समितिको कार्यकारी निर्देशकमा डा. गुणराज लोहनी दोस्रोपटक नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले लोहनीलाई समितिको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

डा. लोहनीलाई स्वास्थ्य मन्त्री रामजनम चौधरीले गत फागुनको तेस्रो साता मन्त्रीस्तरीय निर्णय गर्दै समितिको कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए ।

मन्त्रीपरिषद्ले गनुपर्ने पर्ने नियुक्तीलाई अबैध रुपमा मन्त्रीस्तरीय निर्णय मार्फत हुने गरेको भन्दै गत महिना अख्तियारले सरकारको ध्यानाकर्षण गराएपछि आजको बैठले लोहनीको पुर्ननियुक्ति गरेको हो ।

सञ्चारमन्त्री शेरधन राईले बैठकको निर्णय सुनाउदै स्वास्थ्य मन्त्रालयअन्तर्गतको समितिमा खुल्ला प्रतिस्पर्धाबाट छनोट नभएसम्मका लागि डा लोहनीलाई कार्यकारी निर्देशक तोक्ने निर्णय गरेको जानकारी दिए ।

डा. लोहनी भने अहिले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनको तयारी गर्न बाग्लुङमा छन् । समितिले बाग्लुङमा आगामी १५ असार देखी बीमाको नाम दर्ता सुरु गर्ने तयारी गरेको छ । अख्तियारले अरु धेरै निकायका नियुक्तिमा प्रश्न उठाए पनि आजको बैठकले ठोस निर्णय लिएको छैन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *