डायलासिस सेवा निशुल्क गर्ने घोषणा पछि मिर्गौला पिडीत खुशी
काठमाडौँ १९ जेठ – मिर्गौला फेल भएकाको डायालासिस आजिबन निशुल्क गर्ने सरकारको निर्णयप्रति मिर्गौला पीडितले खुशी व्यक्त गरेका छन् । उनीहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विशेष धन्यवाद समेत दिएका छन् ।
पुराना साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधीको नेतृत्वमा बालुवाटार पुगेको आिगामी आर्थिक वर्षको बजेटमा मिर्गौला रोगीको डायलाइसिस निःशुल्क बनाएको खुसियालीमा प्रधानमन्त्री ओलीलाई आभार प्रकट गरेको हो ।
सो अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले उपचारका सम्भावना हुँदाहुँदै कसैले पनि उपचार नपाएर मर्नु नपरोस् भन्ने चाहना अनुरुप डायलासिस निशुल्क गरिएको बताए । उनले भने ‘‘उपचारको विधि हुँदाहुँदै कसैले पनि रकम अभावमा मर्नु नपरोस् भन्ने उद्देश्यले मिर्गौला पीडितलाई राहत दिन खोजिएको हो ।’’
पीडितको तर्फबाट साहित्यकार दाहाल यज्ञनिधिले आभारपत्र पढेर सुनाउँदै डायलाइसिसकै अभावमा ज्यान गुमाउनुपर्ने अवस्था अब पीडितहरुलाई नरहेको बताएका थिए ।