विश्वबाटै भोकमरीको अन्त्यगर्ने विषयको छलफल गर्न १७ देशका प्रतिनिधि काठमाडौँमा

kuposan

काठमाडौँ, १८ जेठ – सन् २०३० सम्ममा विश्वबाटै भोकमरीको अन्त्य गर्ने विषयमा छलफल गर्न विश्वका नेपाल सहित १७ देशका विज्ञहरुको बैठक भोली देखी काठमाडौँमा सुरु हुँदैछ ।

तीन दिन सम्म चल्ने सम्मेलनमा नेपाल सहित अफगानिस्तान, पाकिस्तान, भारत, म्यानमा, कम्बोडिया, ताजिकिस्तान, इन्डोनेसिया, फिलिपिन्स, दक्षिण कोरिया, जापान, भुटान, श्रीलङ्का र बङ्गलादेश एवम् युरोप, दक्षिण अमेरिका र केही अफ्रिकी मुलुकका झण्डै १५० विषयविज्ञको सहभागिता हुने बताइएको छ ।

कार्यक्रमबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिगो विकास लक्ष्यलाई थप परिचित बनाउँदै लक्ष्य प्राप्तिका लागि नागरिक समाजको भूमिकालाई थप सशक्त र प्रभावकारी बनाउनु रहेको रुरल रिकन्स्ट्रक्सन नेपालका प्रतिनिधि सर्वराज खड्काले जानकारी दिए ।

संसारभर करीब ७९ करोड ५० लाख व्यक्ति कुपोषणबाट ग्रस्त भएका छन् । कुपोषणकै कारण हरेक बर्ष ३१ लाख बालबालिकाको मृत्यु हुने गरेको छ ।

कुपोषणको यस्तो भयावह अवस्था पछि संयुक्त राष्ट्र सङ्घका महासचिव वान की– मुनले सन् २०३० सम्ममा विश्वबाट भोकमरीको अन्त्य गर्ने घोषणा गरेका थिए । सोही घोषणालाई कार्यान्वयन गर्न विभिन्न देशका प्रतिनिधी सम्मिलित छलफल हुने भएको हो ।

 कार्यक्रमको आयोजना सिभिल एकेडेमी, रुरल रिकन्स्ट्रक्सन नेपाल, सिभिल सोसाइटी एलायन्स फर न्युट्रेसन नेपाल, एनजिओ फेडरेसन अफ नेपाल, राइट टु फुड नेपाल लगायतका नौ संस्थाले गर्न लागेका हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *