मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्यले प्रकाशित गरेको करार नतिजा रद्ध, अब फेरी अर्को परीक्षा हुने

mohpकाठमाडौँ १७ जेठ – स्वास्थ्य मन्त्रालयले बैशाखको दोस्रो साता मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौलाले प्रकाशित गरेको करार नतिजा रद्ध गरेको छ । मन्त्रालयले सो नतिजामा अनियमिता भएको ठहर गर्दै अर्को मौखिक परीक्षा लिने निर्णय गरेको छ ।

सो मौखिक परीक्षाको मिति केही दिनमा सार्वजनिक गर्ने र परीक्षाका लागि पहिले फारम भरेका सबै सहभागी हुन पाउने निर्णय गरेको छ ।

मध्यमाञ्चलले गत चैतमा आफ्ना जिल्लाका रिक्तस्थानका लागि हेल्थ असिस्टेन्ट ४ सय, स्टाफनर्स १३, अनमी २३२, अहेव ३३१ जना माग गरेको थियो । त्यस्तै ल्याव असिस्टेन्ट ३, मेडिकल रेकर्डर १, डार्करुम असिस्टेन्स १ र माइक्रोस्कोपी २ जना गरी १ हजार ८३ जनाका लागि करार सेवाका लागि दरखास्त आवहान गरेको थियो ।

तत्कालिन निर्देशक डा शैलेश झाले करार सेवाको नियुक्ति प्रक्रियामा चरम लापरबाही गरेको भन्दै उजुरी परेपछि मन्त्रालयले उपसचिव हरिदाश शर्मा र शाखा अधिकृत रमेश पौडेललाई छानवीन गर्ने जिम्मा दिएको थियो ।

उनीहरुको प्रतिवेदनको आधारमा परीक्षा रद्ध गरेको हो । मन्त्रालयका सहसचिव दानध्वज बस्नेतले परीक्षा रद्ध भएको भन्दै केही दिन भित्र अर्को परीक्षा हुने निर्णय भएको जानकारी दिए ।

उनले पहिल्यै फारम भरेकाहरु नै परीक्षामा सहभागी हुन पाउने र परीक्षा समितिमा नयाँ कर्मचारी खटाउन लागेको जानकारी दिए । त्यतिवेलै हटाइएका डा झाको ठाँउमा अहिले निर्देशक भएर डा रमेश विक्रम सिंह पुगेका छन् ।

यो पनि पढ्नुस्

अनियमिता र लापर्वाही भन्दै मध्यमाञ्चलको करार नतिजा मन्त्रालयले खिच्यो, निर्देशक हटाइयो

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *