सीटीइभीटीको छात्रबृत्तिमा कोको परे ? सामान्य चिकित्सा, फार्मेसी, नर्सिङको नतिजा सार्वजनिक

1.7k
Shares

ctevt

भक्तपुर, १६ जेठ – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम  परिषद् (सीटीइभीटी)ले भूकम्पबाट अति प्रभावित १४ जिल्लाहरुका भूकम्पपिडीत परिबारका छात्रछात्राका लागि छुट्याइएको प्राविधिक विषयको छात्रबृत्तिमा छनौट भएकाहरुको नाम सार्वजनिक गरेको छ ।

यसअघि निकालेको छात्रबृत्ति सिटमा प्रयाप्त दरखास्त नपरेको भन्दै सीटीइभीटीले गत ३१ बैशाखमा पुन सूचना निकालेको थियो । सोही सूचनाका आधारमा दरखास्त हालेकाहरुलाई आज छनौट गरेको हो ।

नयाँ सूचना अनुसार स्कुल अफ हेल्थ साइन्स, भरतपुर चितवनमा सामान्य चिकित्सामा ४ सिट र डिप्लोमा इन फार्मेसी ४ सिट रहेको छ । त्यस्तै गौर नर्सिङ कलेज गौर रौतहट, तानसेन नर्सिङ स्कुल तानसेन पाल्पा, शैलजा आचार्य स्मृति पोलिटेक्निक मोरङमामा प्रमाणपत्र तह नर्सिङ विषयका लागि ८ सिट रिक्त रहेको जनाउदै गत ९ जेठ सम्म दरखास्त हाल्न आवहान गरेको थियो ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *