आईप्याडको माध्यमबाटै शल्यक्रिया

ipad 1

एजेन्सी – चिकित्सा क्षेत्रमा कुनै एक ठाउँमा रहेर पनि कुनै एक बिज्ञले अर्को ठाउँको समस्या हल गर्न निकै जटिल कुरा हो । त्यसमाथि पनि जब सवाल आउँछ सर्जरीको कुनै एक सर्जरी गर्न सर्जनहरु त्यही ठाउँमा पुग्नै पर्ने हुन्छ ।

तर अब भने यो समस्या पनि हल भएको छ । हो अब एक नयाँ सफ्टवेर प्रोक्जिम र केबल दुई आइ प्याडको माध्यमबाट एक ठाउँमा रहेर पनि चिकित्सकहरुले अर्को ठाउँको शल्यक्रिया गर्न सकने भएका छन् ।

युद्ध र तनावले ग्रसित देश गाँजामा भर्खरै डा. घसान अबु सिट्टाले अमेरिकाबाटै दुई सफल शल्यक्रिया गरेका छन् । यस प्रक्रियामा दुई अलगअलग स्थानको आइप्याड इन्टरनेटबाट जोडिन्छन् ।

प्रोविजम सप्टवेयरको माध्यमबाट शल्यक्रिया गरिनुपर्ने भागको लाइव फिड बिज्ञको आईप्याडमा जान्छ । बिज्ञले सोही लाइव फिड मा कहाँ कसरी र कत्रो आकारको इन्सीजन बनाउनुपर्ने हो ।

‘प्रस्ट तरिकाले आइप्याडमा कोर्न सक्छन् र त्यसैको सहयोगबाट शल्यक्रिया चलिरहेको स्थानको चिकित्सकले शल्यक्रिया गर्न सक्छन्’ डा. अबु सित्ता भन्छन् । यो प्रबिधि कोठामै बसेर आफै शल्यक्रिया गरेको भन्दा कम छैन ।

संसारका करीब दुई तिहाई मानिस सुरक्षित शल्यक्रियाबाट बन्चित भएको अहिलेको अवस्थामा यो प्रबिधि निकै सहयोगी बन्ने देखिएको छ ।
लाइभ सर्जरी बाहेक सर्जरी सिकिरहेका डाक्टरहरुलाई पनि प्रभावकारी तरिकाले सिकाउन यो प्रबिधि निकै उपयोगी हुनेछ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *