भारतीय महिलाले जन्माइन् अहिलेसम्मकै ठूलो शिशु

4.1k
Shares

heaby

एजेन्सी – भारतमा एक महिलाले सम्भवत विश्वकै सबैभन्दा ठूलो जन्माएकी छन् । नवजात शिशुको तौल ६.८ किलोग्राम (१५ पाउन्ड ) छ । यसअघि सबैभन्दा ठूलो भनिएकी शिशु कारिसा रुसाकको तौल जन्मदा ६.५७ किलोग्राम( १४.५ पाउन्ड ) थियो ।

दक्षिण भारतकी १९ बर्षीया नन्दनीले सिजेरियन प्रविधिबाट पहिलो सन्तानको रुपमा ६.८ किलोगम तौलकी छोरी जन्माएकी हुन् । चिकित्सकहरुले नवजात शिशुको तौल देखेपछि संसारकै सबैभन्दा ठूलो बच्चा जन्मिएको दावी गरेका हुन् ।

hm

‘यो नयाँ रेकर्ड भएको अनुमान गरिएको छ । यसअघि संसारकै सबैभन्दा ठूलो बच्चा कारिसा रस्कोकको नाममा छ । २०१४ मा जन्मिएकी उनको जन्मिँदा उनको तौल साढे ६ किलो थियो,’ डा. वेंकटेश राजूले भने, ‘२५ वर्ष लामो मेरो करियरमा मैले यति ठूलो बच्चा देखेको थिइनँ ।’

बच्चाको नाम अहिले राखिसकेको छैन् तर, उनको तौलले परिवारसँगै चिकित्सकहरु समेत आश्चर्यमा परेका छन् । नन्दनीको तौल पनि कम थिएन । उनको तौल ९४ केजी छ । र, यो उनको पहिलो सन्तान हो । बच्चा अहिले चिकित्सकहरुको निगरानीमा छ । र, बच्चा र आमा दुबै स्वस्थ छन् ।अस्पतालले केही दिनपछि डिस्चार्ज गर्ने जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *