बिरामी बोकेको एयर एम्बुलेन्सको दुबै इन्जिन फेल भएपछि…….

air ambulance

नयाँ दिल्ली, ११ जेठ – दुबै इन्जिन फेल भएपछि विरामी बोकेर उडिरहेको एयर एम्वुलेन्स आलुबारीमा आकस्मिक अवतरण भएको छ । एयर एम्बुलेन्स बिहारको प्रान्तीय राजधानी पटनाबाट ब्रेन ह्यामरेजका एक बिरामी बोकेर दिल्लीका लागि उडेको थियो।

नयाँदिल्लीस्थित इन्दिरागान्धी अन्तरार्ष्ट्रिय विमानस्थलमा अवतरण हुनुपर्ने सो एयर एम्वुलेन्स विमानस्थलबाट केही पर नजफगडको कैर गाँउ माथिको आकासमा पुग्दा दुबै इन्जिन फेल भएको थियो । दिउसो १ : ४५ बजे दुबै इन्जिनमा समस्या भएपछि पाइलटले आलुबारीमा आकस्मिक अवतरण गरेका थिए ।

 एयर एम्वुलेन्समा विरामी सहित सात सवार थिए । ती मध्ये दुई जना सामान्य घाइते भएका छन् ।

air ambu1

पाइलटले तत्कालै विमानस्थल टावरसंग सो जानकारी गराउँदै विमानलाई आलु खनेको बारीमा अवतरण आपतकालिन अवतरण गराएका थिए । आकस्मिक अवतरणका क्रममा ती बिरामीलाई सामान्य चोट लागेको छ। उनी खतरामुक्त रहेको जनाइएको छ ।

air

इमर्जेन्सी ल्यान्डिङ भएको एयर एम्बुलेन्स औषधि कम्पनी अलकेमिस्टको हो।

  • एजेन्सीको सहयोगमा
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *