विश्व स्वास्थ्य संगठनको ६९ औँ महासभामा नेपालले ४ वटा कार्यपत्र प्रस्तुत गर्दै

WHOकाठमाडौँ, १० जेठ – राष्ट्रसंघको मुख्यालय जेनेभामा आजबाट सुरु हुन लागेको विश्व स्वास्थ्य संगठनको ६९ औँ महासभामा नेपालले चारवटा ‘साइड इभेन्ट’मा भाग लिने भएको छ । त्यसमध्ये दुई वटा आज हुनेछ भने बाँकी दुईवटा शुक्रबार हुने बताइएको छ ।

महासभामा भाग लिन जेनेभा पुगेका ‘सेभ द चिल्ड्रेन’का नेपाली प्रतिनिधि राजकुमार महतोका अनुसार ‘युनिभर्सल हेल्थ कभरेज’ले समेटेको केही बुधाहरुमा आज छलफल हुनेछ । त्यसमा पहुँच बाहिरका समुदायलाई स्वास्थ्यको पहुँचमा कसरी समेट्ने र आम नागरिकलाई सर्भसुलभ स्वास्थ्य कसरी पुरयाउने भन्ने विषयमा कार्यपत्र प्रस्तुत हुनेछ ।

त्यसमा नागरिक समाजको तर्फबाट महतोले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । त्यस्तै पोषणसम्वन्धी अर्को सेसनमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. किरण रेग्मीले प्रस्तुति दिनेछिन् ।

शुक्रबार पुन नेपालले दुई वटा सेसनमा आफ्नो प्रस्तुती राख्नेछ । त्यसका लागि मन्त्रालयका प्रमुख विशेषज्ञ डा. पदमबहादुर चन्द र डा. किरण रेग्मीले प्रस्तुती गर्नेछन् ।

महासभामा यसपटक ‘युनिर्भसल हेल्थ कभरेज’ले उठाएका विषयका साथै ‘सस्टेनेवल डेभेलपमेन्ट गोल’ले अंगिकार विषय बस्तुलाई कसरी कार्यान्वनयमा लैजाने भन्ने विषयमा छलफल केन्द्रीत हुनेछ ।

स्वास्थ्य मन्त्री चौधरीले तीन मिनेट बोल्ने

आज सुरु हुने प्लेनरी बैठकमा नेपालका तर्फबाट स्वास्थ्यमन्त्री रामजनम चौधरीले सम्वोधन गर्ने कार्यक्रम छ । उनले नेपालको बर्तमान स्वास्थ्य अवस्था, गरिएका काम र गर्न लागिएका कामका बारेमा तीन मिनेट भित्र कुरा राख्नेछन् । मन्त्री चौधरी महासभामा भाग लिन ८ सदस्यीय टोलीको नेतृत्व गर्दै जेनेभा पुगेका हुन् ।

आज देखी आगामी शनिबारसम्म चल्ने बैठकमा संसारका करीब १९० देशबाट आएका ५ हजार बढी प्रतिनिधीहरुको सहभागिता छ । सभाको उद्घाटन नेपाली समय अनुसार आज दिउसो २ बजे देखी सुरु हुनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *