घाँटी कमजोर भई टाउको झुन्डिएका बालकको सफल शल्यक्रिया (फोटोफिचर)

mahendraजेन्सी- घाँटीको मांशपेशी कमजोर भई टाउको लत्रिएको अबस्थाका एक बालकको भारतमा सफल सल्यक्रिया भएको छ । मध्यप्रदेशका १३ वर्षीय महेन्द्र अहिरवारको एकदमै दुर्लभ मानिने रोग कन्जेनाइटल मायोप्याथीबाट पिडीत थिए । जसका कारण उनको घाटीको मांशपेशी कमजोर थियो र सोही कारण उनको टाउको १८० डिग्रीको कोणमा झुन्डिएको देखिन्थ्यो ।

तर उनको अहिले सल्यक्रिया पछि टाउको सिधा भएको छ । उपचारका लागि अनेकन प्रयास गर्दा कसैको सहयोग नपाएपछि गतवर्ष उनका आमा बाबुले छोराको छिटै मृत्यु भएको देख्न चाहेको बताएका थिए । सो कुरा विभिन्न अन्तराष्ट्रिय मिडियामा भाइरल बन्यो । सोही समाचार पढेपछि एक स्पेनीस महिला जुली जोन्सको मन पलायो । उनले तत्कालै महेन्द्रको उपचारका लागि सहयोग गर्ने प्रतिवद्धता लिइन् ।

m

लिभरपुलकी जोन्सले दुर्लभ रोगबाट पिडीत बालकको उपचारमा समस्या भन्ने समाचार पडेपछि जोन्सले इन्टरनेटमा क्राउड फन्डिङ वेवसाइडमा खाता खोलिन र महेन्द्रको सहयोगको लागि आवहान गरिन् । उनको सो आवहान पछि २८ दिनमै १२ हजार युरो जम्मा भयो । सो रकम लिएर उनी दिल्ली आइन् र महेन्द्रलाई उपचारका लागि अपोलो अस्पतालमा बोलाइन् ।

एपोलो अस्पतालका पूर्व एन.एच.एस. सर्जन डा. राजागेपाल कृष्णको नेतृत्वमा चिकित्सकको टोलीले १० घण्टे लामो शल्यक्रिया गरेर महेन्द्रको झुन्डिएको टाउको सिधा पारिदिए ।

उपचार अघिसम्म महेन्द्रलाई बिहान उठेदेखि खाना, नुहाउन, कपडा लगाउन महेनद्र आमा माथिनै भर पर्नु पर्ने अवस्था थियो । उनको दिदी र भाई स्कूलजाँदा साथीहरु खेल खेल्दा उनी हेर्न बाहेक केहीगर्न सक्दैनथे ।

महेन्द्रलाई सहयोग गर्न स्पेनबाट भारत आएकी जोन्सको उदार र सहयोगीभावना देखेर महेन्द्रकी आमा निकै खुशी भइन । जोन्स महेन्द्र अस्पतालबाट डिस्चार्ज भएपछि मात्रै स्पेन फर्केकी छन् ।

सर्जरीको दुई हप्ता पछि महेन्द्र अस्पतालबाट डिस्चार्ज भए । अहिले महेन्द्र दानदिएको इलेक्ट्रिक ह्वीलचेयरमा घुम्ने गर्छन् । लेख्ने, टि.भी हेर्ने साथीहरुसंग खेल्ने गर्छन् । उनमा अहिले जीवनमा केहीगर्न सक्छु भन्ने आत्मबिश्वास छाएको छ । महेन्द्रले करीव ६ महिनामा घाँटीमा नेक प्रेस लगाउनु पर्ने छ र डा. क्रीसनसंग बेलाबेलामा परामर्श लिइराख्नुपर्नेछ ।

m2

m3

m4

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *