अब कर्णालीबाट निस्कदैछन् डाक्टर

doctor1काठमाडौँ, ५ जेठ – अहिलेसम्म अति दुर्गम मानिने कर्णाली अञ्चलबाट अव भने चिकित्सक उत्पादन हुने भएको छ । जुम्लामा स्थापित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कर्णाली अञ्चल सहित ९ जिल्लालाई लक्षित गरि एमबीबीएस अध्ययन गराउने तयारी गरेको छ । त्यसका प्रतिष्ठानले यतिवेला पूर्वाधार निर्माणको कामलाई तिव्रता दिएको जनाएको छ ।

प्रतिष्ठानका उपकुलपति पारसकुमार आचार्यले अवस्था नविग्रेमा अवको तीन बर्ष भित्रमा जुम्लामा एमबीबीएस अध्ययन सुरु गर्ने तयारी भएको बताए । उनले अहिलेसम्मको क्रियाकलाप निकै सकारात्मक रुपमा अघि बढेको समेत दावी गरे ।

कर्णालीका जिल्लाहरु मुगु डोल्पा, जुम्ला, हुम्ला र कालिकोट सहित बाजुरा, बझाङ, अछाम, जाजरकोट लगायतका जिल्लामा स्वास्थ्य सेवा उपलव्ध गराउने उदेश्य सहित विस २०६८ सालमा जुम्लामा प्रतिष्ठान स्थापना गरिएको थियो । सो प्रतिष्ठानले अहिले जुम्लामा ९२ बेडको अस्पताल सञ्चालन गरेको छ । भने नर्सिङ र एचएको अध्यापन गराइरहेको छ ।

सरकारको मापदण्ड अनुसार कुनैपनि स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएस सञ्चालन गर्नका लागि ३ सय बेडको अस्पताल सञ्चालन हुनुपर्छ । सोही अनुसार प्रतिष्ठानले भौतिकपूर्वाधारमा जोड दिएको हो ।

प्रतिष्ठानमा अध्ययन गर्ने विद्यार्थीका लागि ४५ प्रतिशत पिछडिएको क्षेत्रका लागि छुट्याएको छ । त्यसैगरी सम्पूर्ण विद्यार्थीमध्ये २० प्रतिशतलाई पूर्ण, २० प्रतिशतलाई आंशिक छात्रबृत्तिको व्यवस्था गरिएको छ ।

प्रतिष्ठानले आफूकहाँ अहिले १४ जना विशेषज्ञ चिकित्सक कार्यरत रहेको र थप पाँच जना चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा अध्ययनरत रहेको जानकारी दिएको छ

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *