सुनौला हजार दिनका अभियन्ता बने दीपक, दीपा र जीतु

sunaula 1000

काठमाडौँ ४ जेठ – सुनौला हजार दिनको जनजागरण अभियान’का प्रर्बधनमामा हास्य कलाकारत्रय जितु नेपाल, दीपकराज गिरी र दीपाश्री निरौला लाग्ने भएका छन् । सरकारले यी तीन कलाकारलाई प्रर्वर्तकको रुपमा नियुक्त गरेको हो ।

गर्भधारण भएदेखि शिशु दुई वर्षको समयावधि (एक हजार दिन)मा गर्भवती तथा तिनका अभिभावकलाई पोषणको महत्व, जानकारी तथा व्यवहार परिवर्तन गर्न नेपाल सरकार अन्तर्गतका विभिन्न मन्त्रालयले बहुक्षेत्रीय पोषण योजनालाई थप कार्यान्वयन गर्ने क्रममा सो अभियान सुरु गरेका हुन् ।

यसअघि सो अभियान अन्तर्गत पोषण तथा खाद्य सुरक्षाका राष्ट्रिय दूतका रुपमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का चयन भइसकेका छन् ।

राष्ट्रिय योजना आयोग, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रबाट संयुक्त राष्ट्रसङ्घीय बालकोष ९युनिसेफ०को आर्थिक एवम् प्राविधिक सहयोगमा मंगलबार आयोजित कार्यक्रममा योजना आयोगका सदस्य प्रा डा गीतभक्त जोशी र ती कलाकारका बीच प्रवद्र्धनसम्बन्धी द्विपक्षीय समझदारी भएको थियो ।

दुतमा नियुक्त भएका ती कलाकारले संयुक्त रुपमा सो अभियानलाई केन्द्रबिन्दु बनाई छिट्टै नयाँ टेलिसिरियल दर्शकसामु ल्याउने छन् । नयाँ कार्यक्रममा ८० प्रतिशत मनोरञ्जन र बाँकी सन्देश हुने जनाइएको छ ।

नेपाल पनि धेरै शिशु कुपोषित हुने दक्षिण एसियाका देशभित्र पर्छ । युनिसेफका अनुसार हाल नेपालमा १३ लाख बालबालिका कुनै न कुनै रुपमा कुपोषित छन् । जन्मिने बालबालिकालाई कुषोषणरहित बनाउन युनिसेफले सञ्चालन गरिरहेको सो अभियानमा ५७ देश आबद्ध छन् ।

सो अवसरमा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले स्वस्थ्य र समृद्ध परिवार एवं समाज तथा सिङ्गो देश निर्माण गर्ने ‘सुनौला एक हजार दिन जनजागरण अभियान’ बारेमा प्राथमिकता र महत्व दिन सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यमलाई आग्रह गरे ।

नेपालस्थित युनिसेफका प्रतिनिधि टोमो होजुमीले गर्भवती र तिनबाट जन्मिने शिशुलाई थप पोषणको आवश्यकता हुने भएकाले यसका बारेमा समुदायलाई सुसूचित गराउन अभियानमा युनिसेफले सहयोग गरेको जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *