३६२ केजी तौलकी महिला ओछ्यानबाट उठेपछि ….

1

एजेन्सी – अमेरिकाको प्रान्तीय शहर टिन्नीसीकी एक महिलालाई सन् २०१५ मा एक रियालिटी सो मा देखाइएको थियो । ४४ बर्षीया मार्ला म्याक क्यान्टा जसको तौल ८ सय पाउण्ड अर्थात ३६२किलो थियो ।

2

तर सोही सोको माध्यमबाट उनले सर्जरीमार्फत तौल घटाएर ५३४ पाउण्ड अर्थात २४२ केजीमा झारिन । सो मा प्रस्तुत भएकी उनलाई तत्काल चिकित्सकहरुले सर्जरी गर्न सल्लाह दिए र त्यसका लागि सहयोग गरिहाले । अस्वभाविक रुपमा बढेको उनको तौल त्यतिवेला सर्जरी ज्यानकै तलमाथि हुने चिकित्सकले चेतावनी दिएका थिए ।

3

भारी जीउका कारण विगत पाँच बर्ष देखी ओछ्यान परेकी उनी उठन हिडन सकेकी थिइनन् । तर सो को दौरान चिकित्सक तथा छोरीहरको मद्धतले उनलाई उठाइयो । पाँच बर्ष पछि ओछयानबाट उठदा उनी निकै खुशी भइन् । उनले अब अरुको सहयोग बिना आफै उठेर हिँड्ने लक्ष्य रहेको पनि बताइन तर बानीमा अहिले पनि सुधार भएको छैन ।

4

उनी पुरानै आदतमा रमाइरहेकी छन् । अर्थात न उनी खानपानमा ध्यान दिन्छिन न त उठ्ने प्रयास नै । चिकित्सकहरुले निषेध गरिरहँदा पनि उनले प्रशस्त मात्रामा फ्राई चिकेन खान छाडेकी छैनन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *