७२ बर्षीया बृद्धाले छोरा जन्माएपछि ……..

arbinda

एजेन्सी – भारतमा दलजिन्दर कौर नामकी एक ७२ बर्षीया बृद्धाले एक स्वस्थ बच्चा जन्माएकी छन् । उनका पति मोहिन्दर सिंह गिल ७९ बर्षका भए ।

गत १९ अप्रिलमा हरियाणस्थित नेशनल फर्टिलिटी एण्ड टेस्टट्युव सेन्टरमा ७२ बर्षीया बृद्धा दलजिन्दरले आइभीएफ (टेष्टट्युव) पद्धतीद्धारा २ किलो तौलको स्वस्थ छोरा जन्माएकी हुन् । बृद्ध दम्पतीले छोराको नाम अरमान सिंह राखेका छन् ।

छोरा जन्माएसंगै उनी संसारकै सबैभन्दा पाको उमेरमा सन्तान जन्माउने महिलाको रुपमा सूचिकृत भएको भारतीय सञ्चारमाध्यमहरुले दावी गरेका छन् । यसअघिकी सबैभन्दा पाको उमेरमा सन्तान जन्माउने महिला देवि लोहन ७० बर्षकी थिइन् ।

दलजिन्दरले यति सजिलै बच्चा जन्माएकी भने होइनन् । ४६ बर्ष अघि विवाह बन्धनमा बाधिएका यी जोडिले सन्तान प्राप्तिका लागि अनेकन प्रयास गरे । तर जतिसुकै प्रयास गरेपनि विफल भएपछि उनीहरु निरास भइसकेका थिए । तर दुई बर्ष अघि उनीहरुले आइभीएफ पद्धतीको बारेमा थाह पाए । त्यसपछि लागि हाले हरियाणास्थित नेशनल फर्टिलिटी एण्ड टेस्टट्युव सेन्टरमा । त्यहाँ परीक्षण गर्दा फायोपियन ट्युवमा अबरुद्ध भएका कारण बच्चा हुन नसकेको थाह पाए ।

चिकित्सकले टेष्टट्युव प्रविधिबाट गर्भधारण हुनसक्ने सल्लाह दिएपछि उनीहरु सोही प्रयासमा लागे । फर्टिलिटी क्लिनिकका संचालक डा. अनुराग बस्नोइले दलजिन्दर कौरको पूर्ण परीक्षणपछि गर्भ लिन सक्ने देखेपछि बाँकी प्रक्रिया अगाडि बढाएको बताए । उनले भने, ‘जोडिको आफ्नै अण्डा र शुक्रकिटबाट दुई चोटिको असफल प्रयास पछि अन्तर्गतको जुलाईमा गर्भाधारण हुन सफल भयो ।’

अरमानको जन्मसंगै कौरको दैनिकी छोराको हेरचाहमा वित्ने गरेको छ । बाबुले पनि समय मिलाएर अरमानको हेरचाह सहयोग गर्ने गर्छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *