मेडिकल काउन्सिल द्धारा लाइसेन्स परीक्षाको तालिका सार्वजनिक

काठमाडौँ, २९ बैशाख – नेपाल मेडिकल काउन्सिलले २०७३ सालमा हुने चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा(लाइसेन्स एक्जाम) र विशेष परीक्षा ( स्पेशल एक्जाम)को बार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।

काउन्सिलका अनुसार लाइसेन्स बर्षको तीन पटक हुने लाइसेन्स परीक्षा आगामी १५ साउन, ११ मंसीर र १२ चैतका लागि तोकिएको छ । त्यस्तै दुई पटक हुने विशेष परीक्षा आगामी ११ असार र ८ माघका लागि तोकिएको छ ।

काउन्सिलले आगामी ११ असारमा हुने विशेष परीक्षाका लागि ३० बैशाख देखी २८ जेठ सम्म आवेदन फारम खुल्ला गरिने जनाएको छ ।
विस्तृत जानकारीका लागि यो तलको सूचना हेर्नुहोला

nmc copy

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *