मेडिकल काउन्सिल द्धारा लाइसेन्स परीक्षाको तालिका सार्वजनिक
काठमाडौँ, २९ बैशाख – नेपाल मेडिकल काउन्सिलले २०७३ सालमा हुने चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा(लाइसेन्स एक्जाम) र विशेष परीक्षा ( स्पेशल एक्जाम)को बार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।
काउन्सिलका अनुसार लाइसेन्स बर्षको तीन पटक हुने लाइसेन्स परीक्षा आगामी १५ साउन, ११ मंसीर र १२ चैतका लागि तोकिएको छ । त्यस्तै दुई पटक हुने विशेष परीक्षा आगामी ११ असार र ८ माघका लागि तोकिएको छ ।
काउन्सिलले आगामी ११ असारमा हुने विशेष परीक्षाका लागि ३० बैशाख देखी २८ जेठ सम्म आवेदन फारम खुल्ला गरिने जनाएको छ ।
विस्तृत जानकारीका लागि यो तलको सूचना हेर्नुहोला
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




