७० प्रकारका नि:शुल्क औषधि पाउनु भएको छ ? ‘उपलव्ध भइरहेको छ’ भन्छ सरकार (औषधि सहित)

रामप्रसाद न्यौपाने / काठमाडौँ (२७ बैशाख)- सरकारले ७० प्रकारका निशुल्क औषधिहरु सरकारी स्वास्थ्य संस्थामा उपलव्ध हुन थालेको जनाएको छ । आम सर्वसाधारणलाई राहत पुरयाउने भन्दै सरकारले अघिल्लो बर्ष सर्ने तथा नसर्ने रोगका गरि करीब ७० प्रकारका औषधि निशुल्क उपलव्ध गराउने घोषणा गरेको थियो । यी औषधिले आम सर्वसाधारणको झण्डै ८० प्रतिशत रोग कभर गर्ने दावी गरिएको छ ।

स्वास्थ्य सेवा विभाग पुर्नजागरण महाशाखाका अधिकृत बुद्धिराज काफ्लेले घोषणा अनुसारका औषधिहरु धेरै ठाँउमा पुगेको बताए । उनले केही स्थानमा औषधि खरीद हुँदै गरेको र छिटैनै ती स्थानमा पनि औषधि पुग्ने दावी गरे ।

७० प्रकारका भनिएपनि सबै औषधि स्थानीय स्वास्थ्य चौकीमा पाइने भने होइनन् । ७० वटै औषधि जिल्ला अस्पतालमा, त्यसभन्दा मुनिको स्वास्थ्य संस्था प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ प्रकार र त्यसभन्दा मुनि स्वास्थ्य चौकीमा ३६ प्रकारका औषधि वितरण हुने हो ।

काफ्ले भन्छन्, ‘निशुल्क भनिएपनि सबै औषधि स्वास्थ्य चौकीका इन्चार्जले प्रेस्काइव गर्न सक्दैनन् , त्यहाँ चिकित्सक नै चाहिन्छ । कतिपय औषधि प्राथमिक स्वास्थ्य केन्द्रले दिने सेवामा समेत प्रयोग नहुने खालका छन् । त्यसैले औषधिको वितरण चरणबद्ध रुपमा गरिएको हो ।’

काफ्लेले मानसिक रोग दम तथा मुटुजन्य रोगका औषधिहरु जिल्ला अस्पतालसम्म पुग्नुपर्ने सुझाव दिए । नियमित औषधि खानेहरुले जिल्ला अस्पतालसम्म पुगेर डाक्टरलाई देखाउनुपर्छ उहाँहरुले आवश्यकता अनुसार निश्चित अवधीका लागि औषधि लेखिदिनुहुन्छ ।

उनले हाइपोटेन्सन हाइपोटेन्सनको औषधि ७ दिनसम्म र मानसिक रोगको ३ महिनासम्म दिनसक्ने बताए । यद्धपी त्यो डाक्टरले आवश्यकता महसुस गरेको खण्डमा मात्रै हुनेछ ।

यी हुन् सरकारले निशुल्क उपलव्ध गराएको ७० प्रकारका औषधिहरु :

tabal1 copy

tabal2 copy

tabal3 copy

tabal4 copy

tabal5 copy

तपाईँलाई यो सामग्री राम्रो लाग्यो भने कृपया लाइक गर्नुस हाम्रो फेसबुक पेज, त्यसको लागि यो लिंकमा https://www.facebook.com/nepalihealth/ गएर लाइक बटम थिचे पनि हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *