अधिकांश ट्राफिक प्रहरीलाई श्वास-प्रश्वास समस्या

alka

ललितपुर (२६ बैशाख) – सडकमा डिउटी गर्ने अधिकांश ट्राफिक प्रहरीलाई श्वास-प्रश्वासको समस्या देखिएको छ । कतिपयमा आँखा तथा छालाको संक्रमण र ढाड दुख्ने समस्या समेत पाइएको छ ।

जाउलाखेलस्थित अल्का अस्पतालले  ट्राफिक प्रहरीको स्वास्थ्य परीक्षण गर्दा यस्तो पाइएको हो । अस्पतालले  आइतबार ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा स्वास्थ्य शिविर राखी उपत्यकाका कार्यरत ३ सय ३८ जना ट्राफिक प्रहरीको निशुल्क स्वास्थ्य परीक्षण गरेको थियो ।

परीक्षणमा सहभागी अल्का अस्पतालका छातिरोग विशेषज्ञ डा. अजित श्रेष्ठले अधिकांश ट्राफिक प्रहरीको श्वास-प्रश्वास तथा छातीको समस्या भएको बताए । उनले सडकमा डिउटी गर्दा धुलो र गाडीका धुवाका कारण त्यस्तो समस्या हुनसक्ने बताए । धुलोकै कारण कतिपयमा आँखा तथा छालाको समस्या भएको बताए ।

शिबिरमा छाला रोग, हाड जोर्नि, आँखा, नाक कान तथा घाटी, प्रशुति, छाति रोग, जनरल फिजिसियन लगायतका बिशेषज्ञ चिकित्सकहरुले स्वास्थ्य परीक्षण गरेका थिए ।

alka 1

शिबिरमा बिरामीहरुको अवस्था हेरेर इसिजी तथा मधुमेहको ल्याब परीक्षण निशुल्क गरिएको अस्पतालका अध्यक्ष कुमार थापाले बताए ।अस्पतालले आवश्यकता हेरेर निशुल्क औषधी समेत बितरण गरेको थियो ।

अल्का अस्पताले उपत्यकाका ट्राफिक प्रहरीलाई लक्षित गर्दै बार्षिक रुपमा निशुल्क स्वास्थ्य शिबिर गर्दै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *