स्कुलमा पिटाई खाएका र गाली पाएका बालबालिकामा गम्भीर मानसिक समस्या

Child-Abuse-and-Neglectकाठमाडौँ – स्कुलमा शिक्षकको पिटाई खाएका र गाली पाएका बालबालिकाहरुमा गम्भीर मानसिक समस्या देखिएको छ ।

कान्ति बाल अस्पतालले बाल मानसिक ओपिडीमा दैनिक रुपमा ल्याइएका बालबालिका मध्ये ५० प्रतिशत बढीमा स्कुलमा पिटाई खाएर वा गाली पाएर समस्या भएको देखिएको हो । अस्पतालको बाल मानसिक ओपिडीमा दैनिक १५ बढी बालबालिका आउने गर्छन् । 

अस्पतालका बाल मानसिक ओपिडीकी चिकित्सक डा. जश्मिन माँ भन्छिन्, ‘हाम्रो ओपिडीमा दैनिक आउने १५ भन्दा बढी बालबालिका मध्ये ८भन्दा बढी बालबालिकाहरु स्कुलमा शिक्षकको पिटाई खाएका वा गाली पाएका हुने गर्छन् ।’  उनले बाँकी बालबालिकाहरुमा घर, परिबार, समाज, तथा अन्य कारणले समस्या देखिएको बताइन् ।

‘कतिपयमा यौन हिंसाको शिकार भएका पनि छन्,यद्धपी त्यो नगन्य नै भन्नुपर्छ तर स्कुलमा सजाय पाएका र गाली खाएका बालबालिकाहरुको संख्या उल्लेख्य छ र यो बढ्दो क्रममा छ ।,’

डा. जश्मिनले स्कुल जान नमान्ने, शिक्षकको नाम लिँदा डराउने, रुने, विदाको बेलामा खुशी हुने आदि बाट उनीहरुमा समस्या परेको नपरेको जान्न सकिने बताइन् ।

उनले स्कुलमा शारीरिक तथा मानसिक हिंसामा परेका बालबालिकाहरुले घरका अभिभावकलाई समेत भन्न डराउने भन्दै त्यसका लागि बालबालिकाको गतिविधि अभिभावकले नै निगरानी गर्नुपर्ने बताइन् ।

डा.जश्मिनले घरमा, समाजमा हुने झगडाले पनि बालबालिकामा मानसिक असर पुरयाउने भन्दै त्यस्तो बाताबरणबाट जोगाउनुपर्ने बताइन् । उनले बालबालिकाहरुलाई पढाउने शिक्षकमा बालमैत्री शिक्षण शिकाईको जरुरी रहेको बताइन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *